नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9476 · वि.सं. २०७२
नि.नं. 9476 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
कारागार नियमावली, २०२० को नियम २९(१क) ले तोकेका ९ मुद्दाका कैदीहरू र कर्तव्य ज्यान मुद्दामा कैद सजाय पाएका कैदीहरू कारागारभित्रको चौकिदार वा नाइके वा सहनाइकेमा नियुक्ति हुन नसक्ने कुरा निर्देशिकाको संशोधित व्यवस्थाले स्पष्ट गरेको र कारागारमा भित्रको सुरक्षा व्यवस्था संवेदनशील विषय भएको हुँदा कारागारभित्रको आन्तरिक शान्ति सुरक्षा एवम् व्यवस्थापनको लागि आवश्यक नीतिगत तथा कार्यविधिगत व्यवस्था गर्न कारागार व्यवस्थापन निर्देशिका बनेको पाइन्छ । कारागार व्यवस्थापनका सम्बन्धमा कारागारभित्र उचित सुव्यवस्था कायम गर्न चौकिदार वा नाइके वा सहनाइके पदमा नियुक्ति गर्ने प्रयोजनका लागि कैदीको योग्यता तोक्ने कार्य अनुचित वा कानून प्रतिकूल मान्न नमिल्ने । (प्रकरण नं. ७) कारागार नियमावली, २०२० को नियम २९(१क) मा भएको प्रावधानअनुरूप गम्भीर प्रकृतिका अपराधमा कसुरदार ठहर भई सजाय पाएका कैदीलाई चौकिदार वा नाइके वा सहनाइके पदमा नियुक्तिको लागि कारागार व्यवस्थापन कार्याविधि निर्देशिका, २०६१ मा अयोग्य मानिनु कारागार ऐन तथा नियमावलीको प्रतिकूल मान्न नमिल्ने । (प्रकरण नं. ८) चौकिदार वा नाइके वा सहनाइके पदमा नियुक्तको लागि योग्यता तोक्दा कुनै मुद्दामा सजाय पाएका व्यक्तिलाई अयोग्य मानिनु आफैँमा भेदभाव वा असमान मान्न मिल्दैन । यसरी कारागारभित्रको आन्तरिक सुव्यवस्थाको लागि खास खास मुद्दामा सजाय पाएका व्यक्तिलाई चौकिदार वा नाइके तथा सहनाइके पदमा काममा नलगाउने गरि निर्देशिकामा संशोधन गरि भएको नीतिगत निर्णयमा यस अदालतबाट हस्तक्षेप गरि निर्देशिका बदर गर्नु कानूनसम्मत हुने देखिन नआउने । (प्रकरण नं. ८) कारागारभित्र चौकिदार वा नाइके तथा सहनाइकेको जस्ता कार्य गर्न जुनसुकै मुद्दामा सजाय पाई कैदमा रहेका कैदी समानरूपमा नियुक्ति हुन पाउने निरपेक्ष हक हुन नसक्ने । (प्रकरण नं. १०) कारागार नियमावली, २०२० को नियम २९(१क) मा सूचीकृत मुद्दामा सजाय पाएको कैदीको कैद अवधि नछोट्टिने व्यवस्था प्रस्ट छ । त्यस्तै नियम २९(२) मा भएको चौकिदार, नाइके तथा सह नाइके भइ काम गर्ने कैदीको कैद अवधिमा कैद कट्टि सुविधा दिन सकिनेछ भनि भएको व्यवस्था हक तथा अधिकारको विषय नभई केबल सुविधासम्म हो । यस्तो सुविधाको व्यवस्था अनिवार्य नहुने हुँदा अधिकारको रूपमा दाबी गर्न नमिल्ने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9476 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2071/11/28 |
| अदालत / इजलास | विशेष इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र |
| मुद्दा नं. | ०७०-WS-०००२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७२, नि.नं. 9476 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
