नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9473 · वि.सं. २०७२

नि.नं. 9473 — क्षतिपूर्ति रकम दिलाई भराई पाऊँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

करारमा उल्लेख भएको शब्दको अर्थ गर्दा कानून व्याख्याको नियमअनुसार नै गर्नु पर्ने हुँदा सम्झौताको दफा ८ मा भएको जुनसुकै साधनको अर्थ गर्दा कर्पोरेसन स्वयम्‌ले नुन ढुवानी गर्नु पर्ने र सो नुन ढुवानी गर्दा प्रयोग गरेको "साधन" को अर्थ यातायातको साधन मात्रै हो भनी गर्न मिल्ने नदेखिने । (प्रकरण नं. ३) करारको समय २०६३ चैत मसान्तसम्मको रहेकाले पुनरावेदक वादीले सो समयावधि बाँकी छँदै बिचैमा अर्कोपक्षसँग सम्झौता गरी विपक्षीलाई करारीय दायित्व पूरा गर्ने मौकाबाट वञ्चित गरी करार उल्लङ्घन गरेको भनी अर्थ गर्न मिल्ने देखिएन । करार सम्झौता हुँदा सहमति भएबमोजिम विपक्षीले करारीय दायित्व पूरा नगरेका कारण पुनरावेदक कर्पोरेसनले अर्कोपक्षसँग उक्त जिल्लाहरूमा नुन ढुवानी गराउन सम्झौता गर्नु परेको अवस्थामा विपक्षी प्रतिवादीले कबूल गरेकोभन्दा हालका ढुवानीकर्ताले कबुल गरेको रकम बृद्धि भई पुनरावेदक कर्पोरेसनलाई पर्न गएको नोक्सानी विपक्षीबाट भरी पाउने होइन भनी अर्थ गर्न मिल्ने नदेखिने । (प्रकरण नं. ५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9473
मुद्दाको विषयक्षतिपूर्ति रकम दिलाई भराई पाऊँ ।
निर्णय वर्ष / मिति2072/05/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र | माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.
मुद्दा नं.०६९-CI-०८५३
उद्धरण सन्दर्भने.का.प. २०७२, नि.नं. 9473
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्