नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9472 · वि.सं. २०७२

नि.नं. 9472 — जबरजस्ती करणी, जबरजस्ती चोरी ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

जबरजस्ती करणीको वारदातको समयमा पीडितले दिने सहमति स्वेच्छिक हो वा डर त्रास र करकापमा पारी दिएको हो सोसमेत विचार गर्नुपर्ने देखिँदा प्रस्तुत वारदातमा खुकुरी प्रयोगको सन्दर्भ स्थापित भैसकेको अवस्थामा पीडितले करणीको लागि सहमति नै दिएको भएपनि सो सहमतिलाई स्वतन्त्र सहमति मान्न नसकिने । (प्रकरण नं. ४) आफूउपर खुकुरी प्रयोग हुन सक्ने सम्भावित जोखिमबाट बच्न यदि पीडितले सहमति नै दिएको भएपनि त्यसलाई करणीको लागि सहमति दिएको भनी मान्न सकिएन । कानूनअनुसार पनि उक्त सहमतिले वैधानिकता पाउन सक्ने नदेखिने । (प्रकरण नं. ५) हाम्रो सामाजिक मूल्य मान्यता हिन्दू सभ्यता र संस्कारबाट विकसित भएको अवस्थामा महिलाको सवाल सामाजिकरूपमा अत्यन्त संवेदनशील रहेको मानिन्छ । सामाजिक लोकलाजका कारण गोप्यरूपमा कुनै महिला तथा पुरूषले यौनसम्बन्ध कायम गर्ने गरे तापनि सङ्कुचित यौन विचारधारा रहेको हाम्रो समाजमा खुलम खुल्लारूपमा जाहेरवालीले आफ्नो सामाजिक प्रतिष्ठाको समेत विचार नै नगरी सार्वजनिक स्थलमा चार-चार जना पुरूषलाई एकै-पटक करणी गर्न स्वेच्छिक मन्जुरी दिएकी होलिन् भनी मान्न नसकिने । पश्चिमा सभ्यता र संस्कारको जस्तो यौन खुलापनको मान्यता अवलम्बन नगरिएको सामाजिक पृष्ठभूमिमा ग्रामीण परिवेशमा हुर्केकी जाहेरवालीले आफ्नो स्वेच्छिक मन्जुरीले एकभन्दा बढी पुरूषलाई एकै समयमा करणीको लागि सहमति दिएकी होलिन् भनी अनुमान गर्नु सामान्यरूपमा प्रयोग गरिने विवेकभन्दा बाहिरको देखिने । विवेकसम्मत रूपमा समेत अनुमान नै गर्न नसकिने तथ्य समावेश भएको प्रस्तुत वारदातमा पुनरावेदकले जिकिर गरेजस्तो करणी सहमतिमा भएको नपाइने हुँदा सहमतिबिना गरिएको करणीलाई जबरजस्ती करणी नै मान्नुपर्ने । (प्रकरण नं. ६) करणी गर्दाको बखत एकजनाभन्दा बढीको सामूहिक संलग्नता रहेको तथ्य निर्विवादरूपमा स्थापित भएको र करणी स्वेच्छिक नभई जबरजस्ती भएको पुष्टि भएको अवस्थामा प्रतिवादीहरूबाट भएको कार्य सामूहिक जबरजस्ती करणीको वारदातको रूपमा रहेको देखिन आउने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9472
मुद्दाको विषयजबरजस्ती करणी, जबरजस्ती चोरी ।
निर्णय वर्ष / मिति2072/02/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपकराज जोशी | माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ
मुद्दा नं.०६७-CR-०८३६
उद्धरण सन्दर्भने.का.प. २०७२, नि.नं. 9472
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्