नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9471 · वि.सं. २०७२
नि.नं. 9471 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
पहिलो चरणमा कैतडी आफैँ पट्टीमा बेरिन गै निजको हात काटिएको घटनाबाट निजको मृत्यु भएको भन्ने कुरालाई प्रतिवादीले स्पष्ट गर्न सकेको देखिँदैन । यो कुरालाई प्रतिवादीले सप्रमाण स्पष्ट नगरेसम्म प्रस्तुत वारदात मुलुकी ऐन, ज्यानसम्बन्धीको ५ र ६ नं.बमोजिम भवितव्यभित्र पर्ने कुनै सम्भावना रहँदैन । तर सो कुराको जिकिर यिनले कहिँकतै लिएको प्रमाण पेस गर्न सकेको पाइँदैन अपितु उल्टो तारेख गुजारी बसेको देखिन्छ । हुन पनि हात मात्रै काटिएबाट तत्काल वा ३।४ घण्टाभित्रै मृत्यु हुने सम्भावना रहँदैन । त्यसैले अन्यथा प्रमाणित नभएसम्म कैतडीको हात मिलको पट्टामा बेरिएर काटिएको कारणबाट निजको मृत्यु भएको कुराको अनुमान गर्न मिल्ने देखिँदैन । प्रतिवादीको कार्यबाट नमरेको कुनै व्यक्ति तेस्रो पक्षको कार्यबाट मरेमा सो हत्याको दोषी तेस्रो पक्ष हुने भनि विद्वान् स्मिथ र होगानको माथि उल्लिखित मतमा असहमत हुनु पर्ने कारण नहुने । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9471 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2072/05/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दीपकराज जोशी | माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय |
| मुद्दा नं. | ०६९-CR-०५४६ | ०७१-RC-००४० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७२, नि.नं. 9471 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
