नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9445 · वि.सं. २०७२
नि.नं. 9445 — उत्प्रेषण / परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
कुनै विषयवस्तुको परीक्षाको लागि कति समय र पूर्णाङ्क उपयुक्त हुन्छ भन्ने कुरा त्यसमा विशेषज्ञताप्राप्त निकायबाट ठहर हुनु उपयुक्त हुने हुँदा सोही प्रयोजनको लागि त्यस्तो निकाय स्थापित भएको हुन्छ । कम समयमा सम्पन्न हुन सक्ने कुरामा लामो समय दिनुको कुनै औचित्य र अर्थ नरहने । सक्षम र समर्थ निकायबाट परीक्षा सञ्चालन भएको र संशोधित समयतालिका तथा पूर्णाङ्कसमेतका कुरालाई स्वीकार गरी निवेदक त्यसमा सहभागी भएकामा निवेदक उक्त परीक्षामा राम्रो अङ्क ल्याउन नसकेपछि मात्र प्रस्तुत रिट निवेदन परेको निवेदकको यस्तो अवसरवादी आचरणतर्फ आँखा चिम्लेर रिट जारी गर्नु उपयुक्त हुँदैन । यसमा सफल परीक्षार्थीहरू समेतले पुनः परीक्षा दिँदा निजहरूको समय, श्रम र पैसाको खति हुने स्पष्ट छ । यस्तोमा रिट जारी गर्नु सुविधा र सन्तुलनको हिसाबले पनि मुनासिब नहुने । व्यक्तिगत हकहित र सामाजिक हकहित बाझिएमा सामाजिक हकहितले मान्यता पाउने भन्ने विधि शास्त्रीय अवधारणा रहेको पाइन्छ । तर निवेदकको व्यक्तिगत हकको पनि हनन् नभएको अवस्थामा निवेदन दाबीबमोजिम सम्पूर्ण परीक्षा र सोको नतिजा बदर गर्नु उपयुक्त नभएकाले प्रस्तुत रिट निवेदन खारेज हुने । (प्रकरण नं. ६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9445 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / परमादेश |
| निर्णय वर्ष / मिति | 2071/11/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय | माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र |
| मुद्दा नं. | ०७०-WO-०१२८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७२, नि.नं. 9445 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
