नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9442 · वि.सं. २०७२
नि.नं. 9442 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
मुद्दा सकार गर्ने व्यक्ति मुद्दाको पक्ष नै हुने र पक्षले निर्वाह गर्ने दायित्व र परिणामप्रति निजको जिम्मेवारी रहन्छ । यस अवस्थामा मोहरपतीले फैसलाबमोजिम प्राप्त गर्ने सम्पत्ति र निजले ब्रह्मदेवलाई गरिदिएको शेषपछिको बकसपत्रबमोजिमको सम्पत्तिसमेतको लिखतमा मुद्दा सकार गर्ने व्यक्तिको हक पुगेको मान्नु पर्ने देखिन आउने । (प्रकरण नं. ३) प्रकरणमा विवेचना गरिएका आधार एवम् कानूनी व्यवस्थाहरूबाट बकसपत्र दाता र प्राप्त गर्ने व्यक्तिसमेतको मृत्यु भै सकेको अवस्थामा निजहरूको दैयादारको हैसियतले जनकदुलारी देवीको हक स्थापित भै सकेको अवस्था हुँदा कानूनबमोजिम अंश छुट्याउने क्रममा अंश प्राप्त गर्ने व्यक्तिमध्येबाट आफ्नो हक पुगेको सम्पत्तिसम्म शेषपछिको बकसपत्र लेखि दिएको र तत्पश्चात् शेषपछिको बकसपत्र पाउनेको मृत्यु भै विपक्षी जनकदुलारीले हक प्राप्त गरी मुद्दा सकार गरी सकेको देखिँदा विवादित सम्पत्तिमा अंसियार घटेकाले घटेका अंसियारमध्येबाटै बन्डा गर्नुपर्ने भन्ने निवेदन दाबीसँग समेत सहमत नहुने । (प्रकरण नं. ५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9442 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2071/10/22 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोपाल पराजुली | माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र |
| मुद्दा नं. | ०६९-WO-१३५० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७२, नि.नं. 9442 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
