नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9439 · वि.सं. २०७२

नि.नं. 9439 — डाँका चोरी

सिद्धान्त / नजिर सार (Headnote Summary)

मुलुकी ऐन, अदालती बन्दोबस्तको २०५ नं. ले एकै मुद्दाका हार्ने झगडिया मध्ये कसैको पुनरावेदन परी इन्साफ जाँचिदा सजाय उल्टीन जाने भयो भने पुनरावेदन नगर्नेको हकमा समेत इन्साफ जाँचि दिनुपर्ने व्यवस्था गरेको देखिन्छ । प्रस्तुत विवादमा वारदात नै डाँकाबाट रहजनी भई केही उल्टी भएको र सजाय पनि कम हुने अवस्था रहेको हुँदा पुनरावेदन नगर्ने स्कुल मियाँको हकमा पुनरावेदन नगरेकै कारणले मात्र पुनरावेदन अदालतको फैसला सदर गर्ने मिलेन । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9439
मुद्दाको विषयडाँका चोरी
निर्णय वर्ष / मिति2067/12/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश श्री दीपकराज जोशी
मुद्दा नं.०६७-CR-०८४९
उद्धरण सन्दर्भने.का.प. २०७२, नि.नं. 9439
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्