नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9437 · वि.सं. २०७२

नि.नं. 9437 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

मुलुकी ऐनको ज्यानसम्बन्धी महलको १ नं. मा कानुनबमोजिम बाहेक कसैले कुनै मानिसको ज्यान मार्न, मार्न लगाउन वा मार्नको उद्योग गर्न हुँदैन भन्ने व्यवस्था रहेको छ । मुलुकी ऐनको ज्यानसम्बन्धी महलको १३ नं. को देहाय (१) मा धार भएको वा नभएको जोखिमी हतियार गैह्रले हानी रोपी घोची ज्यान मारेमा …सर्वस्वसहित जन्म कैद गर्नुपर्छ भन्ने व्यवस्था छ । देहाय (३) मा लाठा ढुङ्गा र साधारण सानातिना हातहतियारले कुटी हानी रोपी घोची वा अरू ज्यान मर्ने गैह्र कुरा गरी ज्यान मरेमा एकै जनाले मात्र सो काम गरी ज्यान मारेमा सोही एक जना र धेरै जनाको हूल भै मारेमा यसैले मारेको वा यसको चोटले मरेको भन्ने प्रमाणबाट देखिन ठहर्न आएमा सोही मानिस मुख्य ज्यानमारा ठहर्छ । त्यस्तालाई सर्वस्वसहित जन्म कैद गर्नुपर्छ । सोबाहेक अरूलाई र यसैले मारेको वा यसैका चोटले मरेको भन्ने कुरा सो हात हतियार छाड्ने कसैउपर कुनै प्रमाणबाट देखिने ठहर्न नआएमा सबैलाई जन्म कैद गर्नुपर्छ भन्ने कानूनी व्यवस्थासमेतको आधारमा प्रतिवादी जगत प्याकुरेलले विकाश श्रेष्ठलाई धारिलो हतियार चक्कुले शरीरको विभिन्न ठाउँमा प्रहार गरेको कारणले विकास श्रेष्ठको मृत्यु भएको पुष्टि हुन आएकाले निजलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ नं. को देहाय (१) अनुसार सर्वस्वसहित जन्म कैदको सजाय हुने । (प्रकरण नं.१३ र १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9437
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2072/01/02
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय
मुद्दा नं.०६८-CR-०४३३ | ०६८-CR-०३६२ | ०६८-CR-०४२७ | ०६८-CR-०५२०
उद्धरण सन्दर्भने.का.प. २०७२, नि.नं. 9437
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्