नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9436 · वि.सं. २०७२
नि.नं. 9436 — उत्प्रेषण / परमादेश ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
कुनै पनि कर्मचारीलाई गरिने कारवाहीको सम्बन्धमा प्रचलनमा रहेको नियम कानूनले प्रष्टरूपमा पालना गर्नुपर्ने गरी विभिन्न चरण तथा प्रक्रियाहरूको उल्लेख गरेको छ भने सम्बन्धित कर्मचारीलाई कारवाही गर्दा उक्त उल्लिखित सबै चरण तथा प्रक्रियाहरूको बाध्यात्मक रूपले पालना गर्नुपर्ने हुन्छ । यस्तो कारवाहीमा कानूनमा उल्लिखित विभिन्न चरण तथा प्रक्रियाहरू मध्ये केहीको मात्र पालना गरी कारवाही गरिन्छ भने त्यस्तो कारवाहीलाई कानूनबमोजिमको कारवाही भन्न नमिल्ने । (प्रकरण नं. १२) कुनै पनि कर्मचारी विरूद्ध उसको आचरण व्यवहारसम्बन्धमा कारवाही गर्दा बढो सतर्कतासाथ कानून र नियमको पालना गरी गर्नुपर्ने हुन्छ । किनकि रोजगारीको अधिकार जीवनको अधिकारसँग जोडिएको हुन्छ र सम्बन्धित व्यक्तिमात्र होइन उससँग आश्रित परिवारमाथि पनि यस्ता कारवाहीले प्रतिकूल प्रभाव पार्न सक्दछ । यसरी रोजगारीको अधिकारबाट वञ्चित गर्ने गरी निर्णय गर्दा सम्बन्धित नियमले तोकिदिएको विधि र प्रक्रियाहरूको पूर्णरूपमा अवलम्बन गरी गर्नुपर्नेमा सो नगरी निवेदकलाई मिति २०६६।१२।१ देखि लागू हुने गरी नोकरीबाट बर्खास्त गर्ने गरी विपक्षी अस्पतालबाट गरिएको निर्णय Patan Hospital Personnel Policy REVISED P.H.B.OCT.१९९५ को प्रतिकूल भएको देखिन आउने । (प्रकरण नं. १३) मानव अधिकारहरू जस्तै रोजगारीको अधिकारको कार्यान्वयनमा पक्ष राष्ट्रहरूको विशेषत: मुख्य गरेर ३ वटा दायित्व रहेका हुन्छन् । जसमा Respect (सम्मान), Protect (संरक्षण) र Fulfill (परिपूरण) रहेका छन् । रोजगारीको अधिकारको सम्मान (Respect) को दायित्वअन्तर्गत पक्ष राष्ट्रले उक्त अधिकारको प्रयोग तथा उपभोगमा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा बाधा पुर्याउन नहुने भन्ने हुन्छ । त्यसैगरी संरक्षण (Protect) को दायित्वअन्तर्गत राज्यबाहेक अन्य कुनै पनि तेस्रो पक्षबाट रोजगारीको अधिकारको प्रयोगमा बाधा अवरोध पुर्याएको छ भने सो अवरोधलाई रोकी अधिकारको उपभोगमा सहजता ल्याउनु भन्ने हुन्छ । त्यसै गरी अन्तिम दायित्वको रूपमा रहेको परिपूरण (Fulfill) अन्तर्गत रोजगारीको अधिकारलाई बढावा, विकास तथा प्रवर्धन गरी यसलाई आधिकाधिकरूपमा उपभोग योग्य बनाउनु भन्ने हुन्छ । यसका लागि राज्यले आवश्यक कानूनको निर्माण, यथेष्ट बजेट तथा प्रशासनिक प्रबन्धको व्यवस्था गर्नुपर्ने । (प्रकरण नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9436 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / परमादेश । |
| निर्णय वर्ष / मिति | 2072/02/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री दीपकराज जोशी |
| मुद्दा नं. | ०६६-WO-१२१६ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७२, नि.नं. 9436 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
