नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9435 · वि.सं. २०७२

नि.नं. 9435 — परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

अनाधिकृतरूपमा विभिन्न वेबसाइटहरूमा राखिएका कोहिनुर चलचित्र नरोक्ने हो भने चलचित्र निर्मातालाई अपूरणीय क्षतिसमेत हुन जाने देखिएकाले नेपाल विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४४, ४५, ४६ र ४७ तथा प्रतिलिपि अधिकार ऐन, २०५९ को दफा २५ विपरीतको कसुरमा यस ऐनबमोजिम सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा ३ बमोजिम निवेदकको जाहेरी दरखास्त दर्ता गरी कोहीनुर चलचित्रको अनाधिकृतरूपमा विभिन्न वेबसाइटमा अपलोड गरी प्रदर्शन राखिएको कार्यका सम्बन्धमा जो जसले गरेको भए तापनि अनुसन्धान गरी कारवाहीको प्रक्रिया अगाडि बढाउन निवेदकको उजुरी दर्ता गरी अनुसन्धान गरी उक्त आपराधिक कार्य पत्ता लगाई रोक्ने कार्यसमेत गर्नु भनी विपक्षीहरूको नाउँमा परमादेशको आदेश जारी हुने । (प्रकरण नं. ५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9435
मुद्दाको विषयपरमादेश
निर्णय वर्ष / मिति2071/11/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री गोपाल पराजुली
मुद्दा नं.०७१-WO-०५४३
उद्धरण सन्दर्भने.का.प. २०७२, नि.नं. 9435
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्