नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9434 · वि.सं. २०७२
नि.नं. 9434 — कर्तव्य ज्यान, जबरजस्ती चोरी ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
अदालतमा बयान गरी स्वतन्त्र अभिव्यक्ति दिने क्रममा आफूहरूको उमेर १६ वर्ष पुगिसकेको लेखाइसकेकामा पछि फेरि त्यसो नभई आफूहरू नाबालक हो भनी सुरू अदालतको फैसलापश्चात् पुनरावेदनमा जिकिर लिएको र सो कुरा प्रमाणितसमेत भएको देखिँदैन । यसो गर्न प्रतिवादीहरू प्रमाण ऐन, २०३१ को दफा ३४ बमोजिम विवन्धितसमेत हुने । कसुर गर्दा नाबालक रहेकामा त्यसतर्फ विचार गरी सजाय नतोकिएको पुनरावेदन अदालत, राजविराजको फैसला उल्टी गरी बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(२) अनुसार न्यूनतम सजाय तोकिपाउँ भनी प्रतिवादीहरूको पुनरावेदन जिकिर रहेको भएपनि निजहरूले सुरू अदालतमा स्वतन्त्ररूपले बयान गरी लेखाएको उमेरले नै ग्राह्यता पाउने भई सुरू फैसलाउपर पुनरावेदन गर्दा छुट्टै जिकिर लिई पेस गरिएका थप प्रमाणहरूले मान्यता नपाउने भएकाले निजहरूले जिकिर लिएको नाबालकतर्फको पुनरावेदन जिकिर पुग्न नसक्ने । (प्रकरण नं. ५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9434 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान, जबरजस्ती चोरी । |
| निर्णय वर्ष / मिति | 2072/03/23 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल | माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. |
| मुद्दा नं. | ०६७-CR-०८७७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७२, नि.नं. 9434 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
