नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9425 · वि.सं. २०७२
नि.नं. 9425 — ज्यान मार्ने उद्योग
सिद्धान्त / नजिर सार (Headnote Summary)
तेस्रो तत्त्वको अप्रत्यासित हस्तक्षेपले गर्दा ज्यान मार्ने कार्य गर्नेमा अभियुक्तले कुनै कसुर नराखेपनि त्यो परिणाम निक्लन पाएको हुँदैन । ज्यान मार्ने उद्योगको अपराधको सम्बन्धमा पनि ज्यान मार्ने अपराध जस्तै शङ्का बिहिन तरिकाले प्रभावित हुन सक्ने प्रमाणिक प्राचुर्यताको अवस्था विद्यमान हुनुपर्ने । ज्यान मार्ने उद्योग अपराधका निर्माणक तत्त्वहरूले एकातिर ज्यानमाराको अपराध र अर्कोतर्फ कुटपिटको कसुरसँगको भिन्नता प्रष्ट पाईन्छ । ज्यानमाराको अपराधमा पनि ज्यान मार्ने मनसाय ( Means rea) र सो मनसायको साकारीकरण गर्ने कार्य (Actus rea) समानरूपले विद्यमान हुन्छ । तर ज्यान मार्ने उद्योगको अपराधको निर्माणको तेस्रो तत्त्वको अप्रत्यासित अपर्झट उपस्थिति विद्यमान नहुने हुँदा ज्यानमाराको अपराधबाट भिन्न बनाउने । (प्रकरण नं. ४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9425 |
|---|---|
| मुद्दाको विषय | ज्यान मार्ने उद्योग |
| निर्णय वर्ष / मिति | 2071/12/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ओम प्रकाश मिश्र | माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. | माननीय न्यायाधीश श्री व्रजेश प्याकुरेल | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल | माननीय न्यायाधीश श्री शारङ्गा सुवेदी |
| मुद्दा नं. | ०६८-CR-०१६६ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७२, नि.नं. 9425 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
