नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9398 · वि.सं. २०७२

नि.नं. 9398 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

वारदातमा उपस्थित हुनेहरूका विरूद्ध लाग्ने नभै उपस्थित प्रतिवादीले मूल प्रतिवादी (Principle defendant) सँग मत सल्लाहमा पसेको हुनुपर्ने र त्यस्तो उपस्थितिबाट मूल प्रतिवादी वारदात गर्नका लागि हौसिएको देखिनु आवश्यक हुन्छ । दुईजना व्यक्ति कुस्ती खेल्दा खेल्दै भुइँमा रहेको खुकुरी तानातान गरेको देखी, डराई आफ्नो पनि ज्यान जाला भनी सुरक्षित स्थलतर्फ भाग्ने कार्य स्वयम्‌मा कसुरजन्य कार्य मान्न नमिल्ने । (प्रकरण नं. ७) मृतकको हातबाट खुकुरी खोसीसकेपछि मृतकले प्रतिवादीलाई मार्न सक्ने कुरा सम्भव नै नहुने अवस्थामा मृतकलाई खुकुरीले प्रहार गर्नुको कारण आत्‍मरक्षा हो भनी दाबी गर्नुको ‍औचित्य नरहने । आत्मरक्षाको लागि चाहिनेभन्दा बढी बल प्रयोग हुनुहुँदैन । प्रतिवादीबाट भएको बल प्रहारको मात्राले निजको नियत वा मनसाय के कस्तो छ भन्ने इङ्गित गर्दछ । मृतक बलहीन रहेको स्थितिमा समेत प्रतिवादीले टाउको अनुहार, घाँटी जस्ता संवेदनशील अङ्गमा खुकुरी प्रहार गरी मृतकलाई नियतवश मारेको प्रमाणित हुँदा प्रतिवादीको पुनरावेदन जिकिरसँग सहमत हुन नसकिने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9398
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2071/10/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल
मुद्दा नं.०६८-CR-१०९७ | ०६८-CR-११०२
उद्धरण सन्दर्भने.का.प. २०७२, नि.नं. 9398
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्