नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9397 · वि.सं. २०७२
नि.नं. 9397 — उत्प्रेषण / परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
निजामती किताबखानाले निजामती कर्मचारीको अभिलेख दुरूस्त नराखेको अवस्थामा निजामती कर्मचारीले किताबखानाको पत्रको आधारमा आफूलाई तोकिएको सेवा दिएबापत पारिश्रमिक नपाउने भन्न मिल्ने हुँदैन । रिट निवेदकले अविच्छिन्नरूपमा आफू कार्यरत् कार्यालयमा हाजिर भई कानूनबमोजिम तोकिएको काम गरी आएको र सोबापत पाउनुपर्ने पारिश्रमिकलगायतको सुविधा पाइआएकामा पछि प्राप्त हुन आएको कुनै प्रमाणपत्रमा उल्लिखित व्यहोराको आधारमा एक पटक अवकाश मिति तोकिई कर्मचारी अवकाश भइसकेपछि सो अवकास मितिलाई संशोधन गरी अगावै अवकाश पाउनुपर्ने भनी अर्कै अवकाश मिति कायम गर्न कानूनसङ्गत नहुने । काम गरी खाईपाई आएको तलब, भत्तालगायतका सुविधा फिर्ता दिनुपर्ने भन्नु न्यायसङ्गत हुँदैन । निजामती किताबखाना वा आफू कार्यरत कार्यालयमा जानकारी नदिई वा आफूलाई अवकाश मिति थाहा हुँदाहुँदै बढी अवधि जानाजान सेवा गरेको अवस्थामा बदनियतपूर्वक वा छल गरी सेवा गरेको देखिए पृथक अवस्था हुनसक्छ । परन्तु प्रस्तुत विवादमा निवेदकले आफू अवकाश हुने मिति सम्बन्धमा कुनै प्रकारको छलकपट गरेको वा बद्नियतपूर्वक गलत मनसाय लिई बढी अवधि सेवा गरी तलब भत्ता सुविधा प्राप्त गरेको भन्ने देखिन नआउने । विवादमा निजामती किताबखाना स्वयम्ले मिति २०७०।१०।१२ मा रिट निवेदक अवकाश हुने भनी किटान गरी मिति तोकिएको अवस्था भएको हुँदा सो पत्रबमोजिम आफूलाई तोकिएको जिम्मेवारी पूरा गरी सेवा गरेबापत खाईपाई आएको तलब भत्ता फिर्ता भुक्तानी दिन भनी गरिएको निर्णय श्रमसम्बन्धी विधिशास्त्र र प्राकृतिक न्यायको मान्यताविपरीत हुने भै त्यस्तो निर्णय न्यायपूर्ण हुन नसक्ने । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9397 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / परमादेश |
| निर्णय वर्ष / मिति | 2071/10/20 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री चोलेन्द्र शम्सेर ज.ब.रा. |
| मुद्दा नं. | ०७०-WO-०५७३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७२, नि.नं. 9397 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
