नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9396 · वि.सं. २०७२
नि.नं. 9396 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
वस्तुतः लेनदेन मुद्दाको सम्बन्धमा पेस भएको कपाली तमसुकमा उल्लेख भएको ऋणीको वतनमा नै म्याद जारी गरी तामेल हुनुपर्दछ । सो वतनभन्दा फरक वतनमा म्याद तामेल गरिएको अवस्थामा त्यस्तो तामेलीलाई रीतपूर्वक तामेल भएको भन्न नमिल्ने । लेनदेनको तमसुकमा उल्लेख भएको ऋणीको वतनभन्दा फरक वतनमा तामेल भएको म्याद सम्बन्धित पक्षले प्राप्त गर्न नसकी लेनदेन व्यवहार सम्बन्धमा ऋणीले प्रतिवाद नै गर्न नपाउने अवस्था हुन जाने । लिखतबमोजिमको सावाँ ब्याज लिए नलिएको, तिरे नतिरेको लगायत लिखतमा लागेको सहिछापसम्बन्धमा अ.बं. ७८ नं.बमोजिमको प्रक्रिया एवम् लिखतको सहिछाप विशेषज्ञबाट जाँच गराउनु पर्ने लगायतका प्रक्रियासमेतमा अर्को पक्षले प्रतिवाद गर्न नपाउने अवस्था आउन सक्छ । आफूउपरका आर्थिक वा फौजदारी दायित्वका सम्बन्धमा प्रतिवादीले प्रतिवाद गर्न नपाउने गरी भएको बेरीतको म्याद तामेली र सोही म्याद तामेलीको आधारमा भएको एकतर्फी फैसलाबमोजिम उठान भएको बिगोसमेतको काम कारवाही प्राकृतिक न्यायको सिद्धान्तको अनुकूलको कामकारबाही भन्न नमिल्ने । (प्रकरण नं. ५) रिट निवेदकको वास्तविक वतनमा म्याद तामेल नभई प्राकृतिक न्यायको सिद्धान्तविपरीत सुनुवाइको मौकाबाट बञ्चित गरी लेनदेन मुद्दाका प्रत्येक चरणमा प्रतिवादीको फरक वतन पारी एकतर्फीरूपमा फैसला भई सो फैसलाको आधारमा बिगो भरिभराउतर्फको कामकारवाही गरिएको देखिएकाले उक्त काम कारवाही कानून अनुकूल भएको भन्न नमिल्ने । (प्रकरण नं. ६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9396 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2071/09/22 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ |
| मुद्दा नं. | ०६७-WO-०३६५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७२, नि.नं. 9396 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
