नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9395 · वि.सं. २०७२

नि.नं. 9395 — अंश नामसारी

सिद्धान्त / नजिर सार (Headnote Summary)

पत्नीले पतिबाट अंश पाउन त्यस्तो महिला पतिको सत्यमा रहेको हुनुपर्ने र छोरा छोरीले पिताबाट अंश पाउनका लागि निज आफ्नो आमाबाबुबाट जन्मेको जैविक सन्तान हुनुपर्ने वा कानूनबमोजिम धर्मपुत्र वा धर्मपुत्री राखेको हुनुपर्दछ । सोबाहेक अन्य अवस्थाका कुनै व्यक्तिले पत्नी र छोरा छोरीको रूपमा अंशमा दाबी गर्न सक्ने अवस्था रहँदैन । विधिवत् पतिपत्नी नरहेको अवस्था र जैविक सन्तान नदेखिएको अवस्थामा त्यस्ता व्यक्तिलाई अदालतले अंश दिलाउनु कानूनविपरीत हुन जाने । (प्रकरण नं. ७) नाता कायम सम्बन्धमा तथ्य स्थापित गराउने अन्य आधिकारिक सम्बद्ध प्रमाणले पुष्टि गरेको छ भने सो अवस्थामा फरक उद्देश्य र प्रयोजनले रेकर्ड भएका त्यस्ता प्रमाण सहायक प्रमाणको रूपमा ग्रहण गर्न सकिने भए पनि नाता कायम गर्ने र अंश दिलाउने प्रयोजनले विवादित भर्ना रेकर्डलाई आधारभूत अकाट्य र निर्णय विन्दुमा पुग्ने निर्णायक प्रमाणको रूपमा ग्रहण गर्न र सो भर्ना रेकर्डलाई आधार मान्न सकिने अवस्था नहुने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9395
मुद्दाको विषयअंश नामसारी
निर्णय वर्ष / मिति2071/07/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओम प्रकाश मिश्र
उद्धरण सन्दर्भने.का.प. २०७२, नि.नं. 9395
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्