नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9394 · वि.सं. २०७२
नि.नं. 9394 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
पुनरावेदकले पुनरावेदन पत्रमा जिकिर लिएजस्तो तथ्यको एकप्रकारको साबितीमात्र नभै कसुरको सम्बन्धमा पूर्ण साबिती नैं भएको र निजको सो साबिती अन्य स्वतन्त्र प्रमाणहरूबाट समर्थित भएको अवस्थामा केवल पुनरावेदनमा लिएको जिकिर कै आधारमा मात्र निर्दोष रहेछन् भनी मान्न मिल्ने नदेखिने । मृतकलाई मार्ने पूर्व योजनाअनुसार खुकुरी जस्तो घातक हतियार लिई मृतकलाई रातको समयमा एकान्तस्थलमा लगी टाउकामा खुकुरी प्रहार गरी कर्तव्य गरेको र लासलाई दबाए छिपाएको देखिँदा पक्राउ पछि अनुसन्धान र अदालतमा समेत कसुरमा साबित हुँदैमा अदालती प्रक्रियालाई सहयोग पुर्याएको मानी सजायबाट उन्मुक्ति दिन वा छुट दिन मिल्ने नदेखिने । (प्रकरण नं. ४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9394 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2071/08/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दीपकराज जोशी |
| मुद्दा नं. | ०६७-CR-०७६० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७२, नि.नं. 9394 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
