नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9392 · वि.सं. २०७२
नि.नं. 9392 — जालसाजी
सिद्धान्त / नजिर सार (Headnote Summary)
एउटै लिखत विरूद्ध दुई विषयमा छुट्टाछुट्टै मुद्दा गर्न पाउने गरी कानूनले दुई बाटो प्रदान गरेकामा कुनै एक वा दुवै बाटो रोज्ने अधिकार वादीको हुन्छ । प्रस्तुत मुद्दाको विवादित लिखतका आधारमा वादीले देवानीतर्फ लिखत बदर र फौजदारीतर्फ जालसाजी मुद्दा लिई आएको देखियो । यसरी दुई विषयमा नालेस परेको अवस्थामा अदालतले निर्णय गर्दा मुद्दामा भएको तथ्य, उपचारको प्रकृति, हानी नोक्सानीको परिपूरण हुन सक्ने नसक्ने अवस्था र दुईमध्ये मूलभूत उपचार के हुन सक्छ जस्ता यावत् कुरामा दृष्टि पुर्याई निर्णय गर्नु न्यायोचित हुने । मुद्दामा जालसाजी घोषित गरी सजायसमेत हुन दाबी गरेको लिखत र लगाउको लिखत बदर मुद्दामा आफ्नो हकसम्म लिखत बदर गर्न दाबी गरेका राजिनामा र बकसपत्रका लिखत उही रहेको र लिखत बदर दर्तासमेतको मुद्दामा भएको फैसलाबाट वादीको हक जति लिखत बदर भई दर्तासमेत हुने गरी वादीले कानूनी उपचार प्राप्त गरी निजको हक स्थापित भइरहेको र हक मेटिने कार्य नभएको स्थितिमा हक मेटिने कार्य भयो भनी जालसाजीमा सजाय गर्न मनासिब नहुने । (प्रकरण नं. ३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9392 |
|---|---|
| मुद्दाको विषय | जालसाजी |
| निर्णय वर्ष / मिति | 2071/10/15 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र | माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ |
| मुद्दा नं. | ०६५-NF-०१४ | ०६५-NF-००१५ | ०६५-NF-०१६ | ०६५-NF-०१७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७२, नि.नं. 9392 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
