नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9387 · वि.सं. २०७२
नि.नं. 9387 — स्ववासी घरजग्गा दर्ता
सिद्धान्त / नजिर सार (Headnote Summary)
जग्गाको दर्ता गर्ने, स्रेस्ता खडा गर्ने कानूनी अधिकार तथा कर्तव्य भएका मालपोत, कार्यालयले आफ्नो कार्यालयबाट भएको एउटै कित्ता जग्गाको फिल्डबुकमा साबिक र हालमा फरकफरक व्यहोरा जनाई आफ्नो कानूनी कर्तव्य र दायित्वमा आफैँ प्रश्न खडा गरी पहिलेको सँगै भएको निर्णयमा कि.नं. १४४ को जग्गा धनबहादुरको नाममा जग्गा दर्ता गरी प्रमाण पुर्जा दिइसकेको स्वीकार गरी सोही निर्णयबाट पुनरावेदकको कायम भएको जग्गा दर्ता गर्न आफ्नै कार्यालयमा रहेको पुनरावेदन संलग्न निर्णय पुनरावेदकले पेस गर्न नसकेको भन्ने जस्ता बुँदा उल्लेख गरी अस्वीकार गरेको पाइँदा मालपोत कार्यालयको निर्णय तथ्यमा आधारित र वस्तुगत हुन नसकी आत्मगतरूपमा भएको देखिन आई न्यायोचित रहेकोसमेत मान्न नमिल्ने । (प्रकरण नं.४) जग्गा (नाप जाँच) ऐन, २०१९ को दफा ६(५) बमोजिम नापी गोश्वाराले कानूनबमोजिम बुझ्नुपर्ने प्रमाण बुझी तोकिएको समितिमा पेस गरी दर्ता गर्न सिफारिस / निर्णय गरेको कुरालाई मालपोत कार्यालयले पुनः छानबिन गरी मालपोत ऐन, २०३४ को दफा ७(१) अनुसार तोकिएको समितिमा राखी नापी गोश्वाराको निर्णय परिवर्तन गर्न पाउने अधिकार मालपोत कार्यालयलाई मालपोत ऐनको उक्त दफाले कानूनी अधिकार दिएको देखिँदैन । मालपोत कार्यालयले पछिल्लो निर्णय गर्दा कानूनको अख्तियारी देखाई मिति २०४२।१।५ मा ६ नं. नापी गोश्वारा लमजुङबाट भएको निर्णयलाई बदर गर्न सकेको नपाइएको हुँदा मालपोत कार्यालयले गरेको निर्णय कानूनको अख्तियारीभित्र रही भए गरेको देखिन नआउने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9387 |
|---|---|
| मुद्दाको विषय | स्ववासी घरजग्गा दर्ता |
| निर्णय वर्ष / मिति | 2071/12/01 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ |
| मुद्दा नं. | ०६५-CI-०३७९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७२, नि.नं. 9387 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
