नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9386 · वि.सं. २०७२

नि.नं. 9386 — ज्यान मार्ने उद्योग

सिद्धान्त / नजिर सार (Headnote Summary)

प्रतिवादीको पीडितलाई मार्ने नै मनसाय रहेको भए घर कोठामा बन्दुक, बासुलो, छिनो जस्ता जोखिमी हतियार रहेका प्रतिवादीले ती हतियारको प्रयोग नगरी हँसियाको प्रयोग गर्ने, नाक टोक्ने जस्ता कार्य मात्र गरेकोबाट ज्यान मार्ने उद्देश्यले तयारीको साथ बसेको भन्न सकिने अवस्था नदेखिने । ज्यान मार्ने उद्योगको अपराध ठहर हुनका लागि प्रतिवादीले पीडितलाई मार्ने मानसाय राखी सोहीबमोजिमको कार्य गरेको प्रमाणित हुनुपर्छ र त्यस्तो कार्यको परिणामस्वरूप पीडितको कुनै कारणबस ज्यानसम्म बच्न गएको अवस्था स्पष्टरूपमा स्थापित हुनुपर्छ । ज्यान बचेको कारण तेस्रो पक्षको उपस्थिति हुनु नहुनुले अपराध घट्दाको परिस्थितिअनुरूप केही निष्कर्षमा पुग्न सजिलो हुन्छ, तर त्यही एउटा कारणबाट मात्र ज्यान मार्ने मानसाय थियो कि थिएन भनी भन्न सकिने अवस्था हुन्छ नै भन्न मिल्दैन । तेस्रो पक्षको उपस्थिति भन्दा पनि ज्यान मार्ने मनसाय हुनु ज्यानमार्ने उद्योगको अपराधमा आवश्यक तत्त्वको रूपमा रहने । (प्रकरण नं.५) प्रतिवादीले बन्दुक वा बासुलो लिई जाहेरवाला पीडितसमेतको घरमा वा निजहरू रहने ठाउँमा गएको देखिँदैन । पीडितसहितका व्यक्ति प्रतिवादीको घरमा नगएको अवस्थामा वारदात हुने अवस्था आउने थिएन । पीडितसमेतका व्यक्ति आफ्नो घरमा आउलान् र आफूसँग भएका हतियार प्रहार गरूँला भनी पूर्व तयारीका साथ यी प्रतिवादी बसेका र निजहरू आउने बित्तिकै मार्ने मानसाय राखी हतियार प्रहार गरेको भनी मान्न तर्कसङ्गत हुने नदेखिने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9386
मुद्दाको विषयज्यान मार्ने उद्योग
निर्णय वर्ष / मिति2071/11/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र
मुद्दा नं.०६८-CR-०५८७
उद्धरण सन्दर्भने.का.प. २०७२, नि.नं. 9386
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्