नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9385 · वि.सं. २०७२
नि.नं. 9385 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
प्रतिवादीहरूबीच लेनदेनसम्बन्धी काम कारवाही भएको भन्ने अभियोगपत्रको व्यहोराबाट प्रतिवादीहरूले मृतकलाई मार्नु पर्ने कारण नहुँदा आफूले पैसा लिनुपर्ने मृतक जीवित रहेमा प्रतिवादीको पैसा उठ्ने सम्भावनालाई प्रतिवादीले मृतकको हत्या गरेर समाप्त पार्ने कुरा तर्कसङ्गत नदेखिने । (प्रकरण नं.६) अनिश्चित र संदिग्ध कुरालाई परिस्थितिजन्य प्रमाणको जामा पहिराउनु प्रमाणसम्बन्धी कानूनी सिद्धान्त र न्यायिक मान्यताको उपहास गर्नुहुनेछ । प्रतिवादीहरू विरूद्ध प्रत्यक्ष प्रमाण छँदैछैन । मार्नुपर्ने कारण पनि शङ्कारहित किसिमबाट आउन सकेको छैन । फौजदारी कसुरमा प्रतिवादी विरूद्धको अभियोगदाबी ठोस, निर्विवाद र शङ्कारहित प्रमाणबाट प्रमाणित गर्नुपर्ने । (प्रकरण नं.१०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9385 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2071/10/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय |
| मुद्दा नं. | ०६९-CR-०७१८ | ०६९-CR-०८११ | ०६९-CR-०८८७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७२, नि.नं. 9385 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
