नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9382 · वि.सं. २०७२
नि.नं. 9382 — उत्प्रेषण / परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
सुरू अदालतले गरेको आदेशउपर परेको अ.बं. १७ नं. बमोजिमको निवेदनको रोहबाट पुनरावेदन सुन्ने अड्डाले रीत बेरीतसम्म हेरी बेरीत देखिन आए रीतपूर्वक गर्न गराउनको लागि आदेश दिनसम्म सक्नेमा मुद्दाको तथ्यभित्र प्रवेश गरी अन्तिम नभएको मुद्दाको परिणाम नै फरक पर्ने गरी पुनरावेदकीय क्षेत्राधिकार ग्रहण गरी सुनुवाइ गरे जस्तो निष्कर्ष निस्कने गरी आदेश गर्न नमिल्ने । (प्रकरण नं.७) अंश मुद्दामा मानो छुट्टिएको मितिका सम्बन्धमा जिल्ला अदालतले प्रतिउत्तरसमेतको आधारमा मुद्दाका पक्ष विपक्षको सुनुवाइ गरी कुनै आदेश नै नगरेको अवस्थामा यस मितिलाई मानो छुट्टिएको मिति कायम गरिदिने गरी पुनरावेदन अदालतबाट हस्तक्षेप गरेको कार्यलाई कानूनसङ्गत मान्न नमिल्ने । आफूसमक्ष परेको अंश मुद्दाको फिरादमा उल्लेख भएको मितिमा वा प्रतिउत्तर परेपछि सोमा उल्लेख भएको मिति वा अन्य कुनै मितिमा मानो छुट्टिएको मिति कायम गर्नुपर्ने हो सो कुरा जिल्ला अदालतले तथ्य, प्रमाण, कानून र न्यायका सिद्धान्त एवम् न्यायिक प्रचलनसमेतको आधारमा सो मिति कायम गर्ने हो । जिल्ला अदालतबाट सोबमोजिमको कुनै मिति नै कायम नभएको वा नगरेको अवस्थामा फिरादमा उल्लेख भएको कुनै शब्दावली वा व्यहोरालाई सच्याउने विषयको निवेदनबाट सच्याउन मिल्ने वा नमिल्ने भन्नेसम्मको आदेश गर्नुपर्नेमा मानो छुट्टिएको मिति नै कायम गर्ने गरी पुनरावेदन अदालतबाट भएको आदेशबाट जिल्ला अदालतले सोसम्बन्धमा गर्ने निर्णय प्रभावित हुन सक्ने । (प्रकरण नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9382 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / परमादेश |
| निर्णय वर्ष / मिति | 2071/02/26 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह | माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र |
| मुद्दा नं. | ०६६-WO-०६१९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७२, नि.नं. 9382 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
