नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9379 · वि.सं. २०७२
नि.नं. 9379 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
जग्गा बाँडफाँड गर्न निवेदन दिने र बाँडफाँड गर्ने समयावधि तोक्ने कार्य भूमिमाथिको द्वैध स्वामित्व अन्त्य गर्ने व्यवस्थापनसम्बन्धी विषय भएकाले मोहियानी हक लागेको जग्गा मोही र जग्गाधनीका बीच बाँडफाँडको कार्य नसकिएसम्म जग्गामा रहेको मोहीको मोहियानी हक समाप्त नहुने । (प्रकरण नं.८) जग्गा बाँडफाँड गर्ने म्याद व्यतीत हुँदैमा मोही र जग्गाधनीको हैसियत तथा हकमा कुनै प्रतिकूल असर पर्ने अवस्था नहुँदा सोही कारणबाट हक गुम्न गएको भन्ने अर्थ गर्न मिल्ने नदेखिने । मोही हकको समाप्ति हुने वा मोहीको हैसियतले जग्गा जोत्न नपाउने भन्ने कुनै किसिमको बन्देज लगाएकोसमेत नदेखिँदा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६घ१. र २६घ३. को कानूनी व्यवस्थाले नेपालको अन्तरिम सविधान, २०६३ द्वारा प्रदत्त हकको प्रचलनमा बन्देज लगाएको भन्न मिल्ने अवस्था नहुने । (प्रकरण नं.९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9379 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2071/07/20 |
| अदालत / इजलास | विशेष इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. |
| मुद्दा नं. | ०६९-WS-००२६ | ०६७-WS-००५६ | ०६९-WS-०००५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७२, नि.नं. 9379 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
