नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9378 · वि.सं. २०७२

नि.नं. 9378 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

निजामती कर्मचारीहरूको आफ्नो सेवाप्रतिको कार्यशैली, व्यवहार र आचारण जस्ता विषयहरू पालन नगरेको भन्ने कुरामा आरोप लागेको अवस्थामा त्यस्तो विषयमा प्रारम्भिकरूपबाट नै छानबिन वा आवश्यक जाँचबुझ गराइरहनु पर्ने आवश्यक नदेखिएमा सामान्य विभागीय सजाय गर्ने अधिकारीले त्यसरी जाँचबुझ नगराएकै कारणले मात्र प्रस्तावित सजायलाई अन्यथा भन्न मिल्ने नदेखिने । (प्रकरण नं.५) मातृ ऐनले दिएको अधिकारभन्दा बढी हुने गरी कुनै नियम बनेको भए त्यो अवस्थामा कानूनको संवैधानिकताको परीक्षण र न्यायिक पुनरावलोकनको विषय हुन सक्ने छुट्टै विषय हो । तर मातृ ऐनविपरीत नियम बनेको छैन भने त्यो अवस्थामा न्यायिक पुनरावलोकन र संवैधानिक परीक्षणको प्रश्न उठाउनु संविधानसम्मत मान्न नसकिने । (प्रकरण नं.६) पुरक निवेदन दिनुको उद्देश्य नै मूल निवेदनमा लिएका कुराको पुष्ट्याइँ गर्नुमात्र हो । नयाँ नयाँ दाबी राख्दै जाने भन्ने होइन । कुन सेवाका लागि के कस्तो कानून बनाई नियमन गर्ने भन्ने कुरा राज्यको नीतिगत व्यवस्थाअन्तर्गत पर्ने विषय हुँदा राज्यले आवश्यक ठानेमा कानून बनाई नियमन गर्न नसक्ने भन्ने नहुँदा मूल दाबी र पुरक निवेदनको दाबीको तादम्यता नभई फरक रहेबाट समेत प्रस्तुत दाबी औचित्यविहीन देखिन आउने । (प्रकरण नं.९) कर्मचारी प्रशासनयन्त्रको सेवा सर्तसँग सम्बन्धित कर्मचारीहरू र त्यो सेवा सर्तसम्बन्धी कानूनमा आबद्घ रहेका न्याय सेवाका कर्मचारीहरूले आफ्नोतर्फबाट उचित प्रतिनिधित्व गर्न नसक्ने पक्ष हुन् भन्न मिल्दैन । आफ्नो हक हितमा आफैँ प्रतिनिधित्व गर्न सबल पक्षले आफ्नो सेवा सर्तसम्बन्धी कानूनमा कुनै चुनौती नदिएको अवस्थामा सार्वजनिक विवादको नाममा बेसरोकारवालाले आफ्नो लोकप्रियताको लागि कानून बदरको माग राख्नु पनि उचित मान्न नसकिने । (प्रकरण नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9378
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2071/05/12
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय
मुद्दा नं.०७०-WS-००३२ | ०७०-FN-०१४४
उद्धरण सन्दर्भने.का.प. २०७२, नि.नं. 9378
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्