नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9375 · वि.सं. २०७२
नि.नं. 9375 — मोही बेदखली
सिद्धान्त / नजिर सार (Headnote Summary)
प्रतिवादी प्रत्यर्थीले मोही बेदखली गरेको स्पष्ट देखिएको अवस्थामा वादी दाबी पुग्न नसक्ने गरी भएको सुरू भूमिसुधार कार्यालय, बाँकेको मिति २०६२।२।२९ को फैसला, त्यसैलाई सदर गरेको पुनरावेदन अदालत, नेपालगन्जको मिति २०६७।१२।१६ को फैसलासमेत मिलेको नदेखिँदा ती दुवै फैसला उल्टी भई प्रतिवादी प्रत्यर्थीले मोही बेदखली गरेको हुँदा प्रत्यर्थीलाई भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३२ को उपदफा (१) (क) (ख) बमोजिम रू.१०००।- जरिवाना भई ऐ. ३२(२) (क) बमोजिम वादीलाई फेरि भोगचलन गर्न दिनु भनी विपक्षी जग्गाधनीका नाममा निर्देशसमेत गर्ने । (प्रकरण नं.२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9375 |
|---|---|
| मुद्दाको विषय | मोही बेदखली |
| निर्णय वर्ष / मिति | 2071/07/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय | माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. |
| मुद्दा नं. | ०७०-CI-०३६१ | ०७०-CI-०३६० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७२, नि.नं. 9375 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
