नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9323 · वि.सं. २०७२
नि.नं. 9323 — निर्णय दर्ता बदर हक कायम
सिद्धान्त / नजिर सार (Headnote Summary)
सर्भे नापीको कैफियतमा राजगुठीको जग्गा भनी व्यहोरा उल्लेख हुँदैमा सोहीमात्र आधार हक प्राप्त गर्ने स्रोत हुन सक्तैन । फिल्डबुकको कैफियतमा उल्लेख भएको व्यहोरालाई अन्य प्रमाणले पुष्टि गरेको हुनुपर्दछ । उक्त फिल्डबुकमा उल्लेख भएको व्यहोराको आधार के हो भनी पुनरावेदक पक्षबाट कुनै प्रमाण पेस भएको छैन । यस अदालतबाट पटकपटक भएको आदेशबाट मालपोत कार्यालय र नापी कार्यालयलाई फिल्डबुकमा राजगुठी भनी उल्लेख भएको व्यहोरा के कुन आधार र निर्णयबाट गरिएको भनी बुझिएकोमा सो सम्बन्धमा कुनै आधार वा निर्णय भएको भनी खुलाइएको देखिँदैन । विवादित जग्गाको नापीको फिल्डबुकको कैफियतमा हरिसिद्धि भवानी गुठी दर्ता भनी उल्लेख भएको एकमात्र आधारमा विवादित जग्गा राजगुठीको भएको मान्न नमिल्ने । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9323 |
|---|---|
| मुद्दाको विषय | निर्णय दर्ता बदर हक कायम |
| निर्णय वर्ष / मिति | 2071/07/11 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल |
| मुद्दा नं. | ०६३-CI-०७०८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७२, नि.नं. 9323 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
