नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9318 · वि.सं. २०७२
नि.नं. 9318 — डाँका) मा संयुक्त इजलासका एकजना माननीय न्यायाधीशबाट प्रतिवादीहरूले डाँकाको कसुर गरेको ठहर गरेको महोत्तरी अपिलको फैसला सदर हुने ठहर गरी फैसला भएको र अर्का माननीय न्यायाधीशबाट मुद्दाको औचित्यमा
सिद्धान्त / नजिर सार (Headnote Summary)
मुद्दामा प्रमाण बुझ्न आदेश गर्नु भनेको विवादित विषयमा ठहर वा अन्तिम निर्णय गर्न सहयोग पुर्याउने प्रमाणको खोजी गर्नु हो । इजलासबाट न्यायाधीशले प्रमाण बुझ्न गरेको आदेशलाई न्यायाधीशको रायसहितको अन्तिम ठहर वा निर्णय मान्न मिल्दैन । संयुक्त इजलासका एकजना न्यायाधीशले प्रमाण बुझ्न गरेको आदेशलाई निजको अन्तिम रायसहितको ठहर निर्णय भन्न नमिल्ने र राय बाझिएको भनी अर्थ गर्न पनि नमिल्ने । सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) को कानूनी व्यवस्था अनुसार पूर्ण इजलासमा मुद्दा पेस हुन संयुक्त इजलासका दुबै न्यायाधीशहरूबाट मुद्दाको निष्कर्ष र परिणाममा भिन्नता हुने गरी आफ्नो रायसहित भिन्नभिन्न ठहर निर्णय भएको हुनुपर्ने हुन्छ । तर प्रस्तुत मुद्दामा एकजना न्यायाधीशले मात्र मुद्दाको निष्कर्ष र परिणाम देखिने आफ्नो रायसहितको ठहर निर्णय गरेको र अर्का न्यायाधीशले निष्कर्षमा पुग्न थप प्रमाणहरू बुझ्ने आदेश गरेको देखिँदा प्रस्तुत मुद्दा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) मा प्रयुक्त भए अनुसार संयुक्त इजलासका न्यायाधीशहरूको राय नमिलेको मुद्दा मान्न नमिल्ने । (प्रकरण नं. ६) एकजनामात्र न्यायाधीशबाट मुद्दामा सुनुवाइ गरी अन्तिम निर्णय गर्ने संयुक्त इजलासको अधिकारक्षेत्रको प्रयोग हुन सक्तैन । एकजनामात्र न्यायाधीशको ठहर निर्णयलाई संयुक्त इजलासको अन्तिम निर्णय मान्न नमिल्ने र त्यस्तो एकजनामात्र न्यायाधीशको ठहर निर्णय क्रियाशील हुन नसक्ने । (प्रकरण नं. ८) प्रस्तुत मुद्दामा संयुक्त इजलासका एकजना न्यायाधीशले ठहर निर्णय गर्नुभएको र अर्को न्यायाधीशले प्रमाण बुझ्नुपर्ने आवश्यकता र कारणसमेत देखाई विभिन्न प्रमाणहरू बुझी पेस गर्नु भनी आदेश गरेको अवस्थामा प्रस्तुत मुद्दा संयुक्त इजलासका न्यायाधीशहरूको राय नमिलेको मान्न नमिल्ने र प्रमाण बुझन गरेको आदेशबमोजिम नै गर्नुपर्ने हुँदा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ बमोजिम पूर्ण इजलासले हेरी निर्णय गर्नुपर्ने नदेखिने । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9318 |
|---|---|
| मुद्दाको विषय | डाँका) मा संयुक्त इजलासका एकजना माननीय न्यायाधीशबाट प्रतिवादीहरूले डाँकाको कसुर गरेको ठहर गरेको महोत्तरी अपिलको फैसला सदर हुने ठहर गरी फैसला भएको र अर्का माननीय न्यायाधीशबाट मुद्दाको औचित्यमा |
| निर्णय वर्ष / मिति | 2071/05/12 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह | माननीय न्यायाधीश श्री चोलेन्द्र | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल | माननीय न्यायाधीश श्री बलराम के.सी को छुट्टै राय । | माननीय न्यायाधीश श्री अ | माननीय न्यायाधीश श्री बलराम के. सी. ले प्रस्तुत मुद्दाको संयुक्त इजलासको लगत कट्टा गरी सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री बलराम के.सी. ले पुनरावेदकको नेपाली नागरिकताको प्रमाणपत्र बदर हुने ठहर गरेको पुनरावेदन अदालत | माननीय न्यायाधीश श्री बलराम के. सी. को रायको आधारमा निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दा पूर्ण इजलासबाट निरूपण हुनुपर्ने हो वा होइन भन्ने सम्बन्धमा निर्णय गर्नुपर्ने देखिन आयो । | माननीय न्यायाधीश श्री अवधेश कुमार यादवबाट प्रस्तुत मुद्दा फैसला गर्न अङ्ग पुगी नसकेको भनी प्रमाण बुझ्नुपर्ने आवश्यकता र कारणसमेत देखाई विभिन्न प्रमाणहरू बुझी पेस गर्नु भनी आदेश भएको देखिँदा उक्त आदेशानुसार प्रमाणहरू बुझी प्रस्तुत मुद्दा निर्णयको लागि संयुक्त इजलासमा नै पेस गर्नुपर्ने देखिन्छ । | माननीय न्यायाधीश श्री अवधेश कुमार यादवबाट भएको आदेशबमोजिमका प्रमाणहरू बुझी संयुक्त इजलासबाट नै निर्णय गर्नुपर्ने देखिँदा निर्णयका लागि संयुक्त इजलासमा पठा |
| मुद्दा नं. | ०६७-CF-००२५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७२, नि.नं. 9318 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
