नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9315 · वि.सं. २०७१

नि.नं. 9315 — मिलापत्र बदर गरी हक कायम गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मुलुकी ऐन, स्त्री अंशधनको महलको १ र ५ नं. को कानूनी मान्यतालाई हेर्दा सो महलको १ नं. मा "कन्या वा सधवा वा विधवा स्वास्नी मानिसले आफ्नो आर्जनको चल अचल आफ्नो खुस गर्न पाउँछन् " भनी उल्लेख भएको देखिन्छ । यस कानूनी व्यवस्थाअन्तर्गत आफ्नो आर्जनको सम्पत्तिभित्र कुनै स्त्रीले प्राप्त गरेको सम्पत्ति पर्न आउँदछ । अंशबन्डाबाट प्राप्त भएको, दाइजो, पेवा, दानबकस वा अपुतालीबाट किन नहोस् जुनसुकै तवरबाट प्राप्त भएको सम्पत्ति यसअन्तर्गत पर्दछ । अंशबन्डाबाट आफ्नो हक भोग तथा स्वामित्वमा रहेको सम्पत्ति जुनसुकै व्यहोराबाट पनि जो कोहीलाई दिन हक हस्तान्तरण गर्न पाइने कुरामा दुईमत हुन नसक्ने । (प्रकरण नं. २) § मुद्दाका वादी प्रतिवादीबीच सगोलमा रहेको भनी सहमति हुन्छ भने अदालतले निजहरू सगोलमा नरही बेग्लै रहेको भन्न मिल्ने अवस्था रहेन । पक्षहरू स्वयम्‌ले आफूहरू सगोलमा रहेको भनी अदालतमा पेस गरेको लिखतबाट स्वीकार गरेको अवस्थामा अंशबन्डाको महलबमोजिम मानो जोडिएको लिखतको अभावमा सगोलमा रहेको भन्न मिल्दैन भन्ने प्रत्यर्थी वादीको भनाइसँग सहमत हुन सकिएन । यस्तो स्थितिको व्यवहारलाई अंशबन्डाको महलको कानूनी व्यवस्थाविपरीत भएको व्यवहार भनी भन्न मिल्ने पनि नदेखिने । (प्रकरण नं. ५) § अंशबन्डाबाट प्राप्त हुन आएको स्त्रीअंशधनअन्तर्गतको सम्पत्ति आफूलाई पालन पोषण एवम्‌ हेरचाह गर्ने छोरा बुहारी एवम्‌ नातिसमेतलाई बकसपत्र वा मिलापत्र जुनसुकै व्यहोराबाट पनि हक हस्तान्तरण गर्न सक्ने कानूनी अवस्था भएको र मिलापत्रबाट हक हस्तान्तरण भएको स्थितिलाई मान्यता दिनुपर्नेमा सोलाई बदर गर्ने गरी जिल्ला अदालतबाट भएको फैसला सदर गर्ने गरी पुनरावेदन अदालतबाट भएको फैसला मिलेको नदेखिँदा सुरू जिल्ला अदालतबाट भएको फैसला सदर गर्ने गरिएको पुनरावेदन अदालतको फैसला उल्टी भै वादी दावी पुग्न नसक्ने । (प्रकरण नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9315
मुद्दाको विषयमिलापत्र बदर गरी हक कायम गरिपाउँ
निर्णय वर्ष / मिति2071/05/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोपाल पराजुली | माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज
मुद्दा नं.०६६-CI-१२६७
उद्धरण सन्दर्भने.का.प. २०७१, नि.नं. 9315
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्