नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9307 · वि.सं. २०७१
नि.नं. 9307 — अपुताली हक कायम नामसारी
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ अंशबन्डाको लिखत अनुसार अलग भएका अंशी पुनः सगोलमा रहने इच्छा भए अंश जोरिएको लिखत पारित गर्नैपर्ने यो कानूनी सर्त हो । आचरण र व्यवहारले लिखतको स्थान ग्रहण गर्न सक्तैन । अंशबन्डा पारित गरी अंश लिई छुट्टिभिन्न भएका अंशियारले पुनः सगोलमा बस्ने मनसाय र प्रयोजन भए सोहीबमोजिम लिखत पारित गराई सगोलमा अंश मिसाई बस्नुपर्ने हुन्छ । कानूनबमोजिमको लिखत गरी आफ्नो अंश भाग लिई छुट्टिएका पति पत्नीले आचरण र व्यवहारबाट पुनः अंश मिसाई बसेको भन्ने जिकिरले कानूनी मान्यता पाउन नसक्ने । (प्रकरण नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9307 |
|---|---|
| मुद्दाको विषय | अपुताली हक कायम नामसारी |
| निर्णय वर्ष / मिति | 2071/09/01 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल |
| मुद्दा नं. | ०६७-CI-०१९० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७१, नि.नं. 9307 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
