नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9305 · वि.सं. २०७१
नि.नं. 9305 — उत्प्रेषण/परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ शैक्षिक योग्यतामा उल्लिखित जन्ममितिले नागरिकता प्रमाणपत्रमा लेखिएको वर्षलाई पुष्टि गरेको अवस्थामा त्यसलाई अन्यथा हुने गरी निर्णय गरिएमा त्यसले नागरिकलाई प्रदान गरेको संविधानप्रदत्त पेसा रोजगार गर्न पाउने हक र समानताको हकमा अनिश्चितता उत्पन्न भई मौलिक हकमा समेत अनुचित बन्देज लाग्न गई आघात पर्न जाने । (प्रकरण नं. ६) § कानूनको शाब्दिक व्याख्या गर्दा कानूनको तर्कपूर्ण, विवेकसम्मत, व्यावहारिक एवम् न्यायपूर्ण अर्थ ननिस्कने भएमा कानूनको शाब्दिक व्याख्याको अनुशरण नगरी व्याख्याको स्वर्णिम नियमलाई अनुशरण गरी कानूनको सन्दर्भ सुहाउँदो सुस्पष्ट व्याख्या गर्नुपर्ने । (प्रकरण नं. ७) § शैक्षिक संस्थाबाट जारी भएको प्रमाणपत्र, नागरिकता प्रमाणपत्र वा वैयक्तिक नोकरी विवरण (सिटरोल) मा किटिएको जन्ममितिबाट हुन आएको उमेरलाई अवकाशको आधार मान्नुपर्ने देखिने । § निजामती सेवा नियमावली, २०५० को नियम १०२ क को उपनियम (३) मा कुनै प्रमाणपत्रमा वर्षमात्र उल्लेख भएको र अर्को प्रमाणपत्रमा पूरा जन्ममिति खुलेको रहेछ तथा त्यस्तो प्रमाणपत्रमा उल्लिखित जन्ममितिहरूको बीचमा एक वर्षसम्मको अन्तर देखिएमा पूरा खुलेको जन्ममितिलाई आधार मान्नुपर्नेछ भन्ने व्यवस्था भएबाट निवेदकले विपक्षी निजामती किताबखानामा पेस गरेको शैक्षिक योग्यतासमेतका प्रमाणपत्रमा उल्लेख भएको जन्ममिति र अन्य कुनै प्रमाणहरूमा पेस भएका कागजातबाट देखिने जन्ममिति सो भन्दा फरकफरक उल्लेख भई जन्ममितिको बीचमा अन्तर रहेको नदेखिने । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9305 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण/परमादेश |
| निर्णय वर्ष / मिति | 2071/05/31 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोपाल पराजुली |
| मुद्दा नं. | ०७०-WO-०८९६ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७१, नि.नं. 9305 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
