नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9299 · वि.सं. २०७१

नि.नं. 9299 — उत्प्रेषण/परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ विपक्षीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निर्णयले अनुचित कार्य गरेको आरोपमा दिइने भनेको दुई तलब वृद्धि रोक्काको सजाय यस अदालतको आदेशले बदर भई सोही आदेशबाट पुनः स्पष्टीकरण माग गरी अख्तियारवालालाई उचित कारवाही गर्नु भनी परमादेशको आदेश जारी भएकामा महान्यायाधिवक्ताको कार्यालयमार्फत्‌ प्राप्त फाइलमा संलग्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मिति २०६८।४।२ मा विपक्षीलाई सम्बोधन गरी लेखेको पत्रमा निजलाई निजामती सेवा ऐन, २०४९ को दफा ५५(क) बमोजिम अब आइन्दा यस्तो कार्य नगर्नु भनी चेतावनी दिएकोसम्म देखिँदा चेतावनी दिएको कार्य उक्त ऐनको दफा २२ को सजायभित्र पर्ने नदेखिँदा विपक्षीलाई यथावत्‌ बढुवा गरेको लोक सेवा आयोगको निर्णयमा कुनै कानूनको त्रुटि देखिन नआउने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9299
मुद्दाको विषयउत्प्रेषण/परमादेश
निर्णय वर्ष / मिति2071/06/30
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र | माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ | माननीय न्यायाधीश श्री बलराम के | माननीय न्यायाधीश श्री तर्कराज भट्टको मिति २०६८।१।४ को राय । | माननीय न्यायाधीश श्री तर्कराज भट्टको राय सदर हुनुपर्दछ । दिनेश भट्टराईको स्थान रिक्त राखेको सम्बन्धमा यस अदालतको मिति २०६८।१।४ को आदेशमा नै माननीय न्यायाधीशबीच राय मिली सोतर्फको विवाद टुङ्गिसकेको हुँदा प्रस्तुत रिट निवेदन खारेज गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो । | माननीय न्यायाधीश श्री तर्कराज भट्टको राय सदर हुनुपर्दछ भन्नेसमेत व्यहोराले बहस गर्नुभयो । | माननीय न्यायाधीश श्री तर्कराज भट्टले निजामती सेवा ऐन | माननीय न्यायाधीश श्री तर्कराज भट्टबाट व्यक्त राय मनासिब हुँदा सोही राय सदर हुने ठर्हछ । प्रस्तुत आदेशको जानकारी विपक्षीहरूलाई महान्यायाधिवक्ताको कार्यालयमार्फत दिई दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ।
मुद्दा नं.०६७-WF-००३२
उद्धरण सन्दर्भने.का.प. २०७१, नि.नं. 9299
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्