नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9290 · वि.सं. २०७१
नि.नं. 9290 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मृतक नाथु चौधरीले वारदातबाट घाइते भएपश्चात दिएको निवेदनसमेतमा आफू र प्रतिवादीबीच कुटपीट गर्नुपर्ने पूर्व रिसइबी थियो भनी उल्लेख गर्न सकेको देखिँदैन । मृतक नाथु चौधरीको घरमा प्रतिवादी त्रिवेणी पासी मदिरा पिई आई श्रीमतीसँग रक्सी मागेको, रक्सी दिन इन्कार गर्दा श्रीमतीलाई गालीगलौज र कुटपीट गर्न थालेको, मृतकले प्रतिवादीलाई समात्न खोज्दा भागेको र मैले लखेट्न छोडेपछि केही समयपछि फर्की आई कुटपीट गरेको भन्नेसम्म उल्लेख गरेको देखिँदा यसबाट पूर्व रिसइबी रहेको र ज्यानै मार्नुपर्ने नियत भएको भन्ने कुरा नदेखिने । (प्रकरण नं. ७) § मृतकको शव परीक्षण प्रतिवेदन, घा जाँच फारामबाट धारिलो हतियार प्रहार भएको घाउको प्रकृति देखिँदैन । त्यस्तो धारिलो हतियार बरामद हुन सकेको अवस्था पनि छैन । जाहेरवालाले रडले हान्यो भनेकोमा सोसमेत बरामद भएको देखिँदैन । मृतक स्वयम्ले मौकामा दिएको निवेदनमा धारिलो हतियारले कुटपीट गरेको भनी उल्लेख गरेको देखिँदैन । त्यसरी टाउकोमा लागेको चोट रडको नभै अन्य कारणले समेत लाग्न सक्ने हुँदा प्रतिवादीले रड प्रहार गरी लागेको समेत भन्न नमिल्ने । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9290 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2071/07/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल | माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ |
| मुद्दा नं. | ०६७-CR-०४९४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७१, नि.नं. 9290 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
