नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9279 · वि.सं. २०७१
नि.नं. 9279 — अंश चलन
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ सगोलको अमुक सम्पत्ति अविभाजित रहँदासम्म सगोलका सबै अंशियारहरू र अंशियारका सम्पत्तिमा हक लाग्ने तिनका सन्तानहरूको समेत हक र हित रहने हुनाले अविभाजित सगोलको सम्पत्तिमाथि प्रथम पुस्ताका अंशियारहरूको मात्रै आफूखुसी गर्न पाउने सम्पत्तिको रूपमा लिन नमिल्ने । (प्रकरण नं. १०) § प्रथम वा अघिल्ला पुस्ताका अंशियारले आफ्नो अंश हक छुट्ट्याउने नाममा अंश नलिने गरी वा पाउने हिसाब शान्ति नलिई वा अति कम लिई निजको सम्पत्तिमा हक लाग्ने सन्तानहरूको हक मेटिने परिणाम सिर्जना गर्दछ र त्यसमा निजहरूको मञ्जुरी लिइएको छैन भने त्यसको भिन्न कानूनी परिणाम रहने । (प्रकरण नं. ११) § सगोलको सम्पत्तिमा प्रत्यक्ष वा परोक्षरूपमा कानूनी हक वा हित भएका सन्तानहरूको अंश अपुतालीको हकमा अघिल्लो पुस्ताको अंशियार भएको नाताले जसरी पनि प्रभाव पार्न पाइन्छ भन्ने कुरा कानून, न्याय र विवेकसङ्गत हुँदैन । त्यसैले अंशियारहरूबीच अंश लिनुदिनु गर्दा अंशियारले कानूनबमोजिम भागशान्ति लिए पाएको छ वा छैन र त्यसबाट तिनका आआफ्नो सन्तानमा असर पर्न गएको छ वा छैन भन्ने कुरा हेर्न जरूरी हुने । (प्रकरण नं. १२) § वादीका पति पिताले आफ्नो हकमा जे गर्न सके पनि निजको अंश भागमा सरोकार रहने र कानूनबमोजिम अंश प्राप्त गर्न सक्ने पत्नी वा सन्तानको हकमा अंश भागै कटौती हुने गरी अत्यन्तै न्यून भाग अंश लिए पनि पति पिताको सो कार्यले वादीहरूको हकमा बन्धनकारी परिणाम निकाल्न नसक्ने हुँदा बन्डापत्रमा वादीहरूको मञ्जुरी वा सहमतिमा भएको भन्ने नदेखिएको अवस्थामा आफूभन्दा तल्लो पुस्ताको अंश हकमा असर पार्ने उदेश्यले तयार पारिएको उक्त बन्डापत्रले अंशबन्डाको महलको १ र २ नं. बमोजिमको हैसियत प्राप्त गर्न सक्ने अवस्था नदेखिने । (प्रकरण नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9279 |
|---|---|
| मुद्दाको विषय | अंश चलन |
| निर्णय वर्ष / मिति | 2071/07/20 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल | माननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री ताहिर अली अन्सारीको राय । | माननीय न्यायाधीश श्री प्रकाश वस्तीको राय । | माननीय न्यायाधीश श्री प्रकाश वस्तीले व्यक्त गर्नुभएको राय कानून र न्यायसम्मत भएकाले सोही राय सदर हुनुपर्छ भन्नेसमेत बहस गर्नुभयो । | माननीय न्यायाधीश श्री ताहिर अली अन्सारीले व्यक्त गर्नुभएको राय सदर हुनुपर्छ भन्नेसमेत बहस गर्नुभयो । | माननीय न्यायाधीश श्री ताहिर अली अन्सारीबाट राय व्यक्त भएको पाइन्छ भने अंशबन्डाको महलको २ नं | माननीय न्यायाधीश श्री प्रकाश वस्तीबाट राय व्यक्त भएको रहेछ । | माननीय न्यायाधीश श्री प्रकाश वस्तीको राय सदर हुन्छ । अरूमा तपसिल बमोजिम गर्नू । |
| मुद्दा नं. | ०६७-DF-००११ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७१, नि.नं. 9279 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
