नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9264 · वि.सं. २०७१

नि.नं. 9264 — करारबमोजिम रकम दिलाई पाऊँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ केही गर्न वा नगर्नको लागि दुई वा दुईभन्दा बढी पक्षहरूको बीचमा भएको कार्यान्वयन योग्य सम्झौताले करारको रूपमा मान्यता पाउन सक्ने देखिन्छ । सोअनुसार वैध करारको लागि सम्झौता वा सहमति हुनु मात्रै पर्याप्त नभई सोको लागि आवश्यक सर्तहरू पूरा भएको हुनुपर्दछ । उक्त व्यवस्थाअनुसार कानूनी उद्देश्य पूरा गर्नको लागि पक्षहरूद्वारा कार्यान्वयन गर्न सक्ने सम्झौतालाई मात्र करारको संज्ञा दिन सकिने । (प्रकरण नं. ३) § सम्झौता वा सहमतिपत्रमा प्रयोग भएको वाक्यांश वा भाषा अस्पष्ट भएमा यसका पक्षहरूमध्ये कसको अधिकार तथा दायित्व के कति तथा के कस्तो हो भनी एकिन गर्न गाह्रो हुने भएकाले सम्झौताका सर्तहरू स्पष्ट हुनुपर्दछ। अस्पष्ट सम्झौताबाट कानूनी मान्यताप्राप्त करारको सिर्जना भएको मान्न नसकिने । (प्रकरण नं. ७) § करार कानूनको महत्त्वपूर्ण सिद्धान्तको रूपमा रहेको “No consideration no contract” भन्ने सिद्धान्तअनुसार वैध करारको लागि प्रतिफल (consideration) को आवश्यकता पर्दछ । सो सिद्धान्तअनुसार करारनामाको लागि प्रतिफल एउटा आवश्यक एवम्‌ अनिवार्य तत्त्वको रूपमा रहने । § करारअन्तर्गत दुबै पक्षले एक अर्कोसँग प्रतिज्ञा (promise) गरेको हुन्छ । करारअन्तर्गत गरिने प्रतिज्ञाको परिणामस्वरूप पक्षले केही चीज गुमाउँछ र केही चीजप्राप्त पनि गर्दछ । यी गुमाइने र प्राप्त गरिने केही चीजलाई नै करारको प्रतिफल मानिने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9264
मुद्दाको विषयकरारबमोजिम रकम दिलाई पाऊँ
निर्णय वर्ष / मिति2071/07/17
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री दीपकराज जोशी
मुद्दा नं.०६५-CI-०४५३
उद्धरण सन्दर्भने.का.प. २०७१, नि.नं. 9264
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्