नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9263 · वि.सं. २०७१

नि.नं. 9263 — सरकारी छाप दस्तखत किर्ते

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ विवादित Certificate प्रतिवादी आफूले लिएको नभई गाउँकै दाइ नाता पर्ने व्यक्तिले लिइदिएको भनी प्रतिवादीले इन्कारी बयान गरे तापनि अभियुक्तले गरेको त्यस्तो इन्कारी बयान तथ्ययुक्त एवम्‌ ठोस सबुद प्रमाणबाट समर्थित हुनुपर्दछ । केवल आरोपित कसुरमा इन्कार रहेकै कारणले मात्र अभियुक्तलाई निर्दोष मान्न मिल्दैन । विवादित Certificate बाट निज प्रतिवादीलाई बाहेक अरू कसैलाई फाइदा हुने नदेखिने । § आफूलाई मात्र फाइदा हुने र आफैँसँग रहने कुरा अरू कसैले किर्ते गरी दिएको भन्न मिल्ने अवस्था नदेखिँदा आरोपित कसुर निज प्रतिवादीले नगरेको एवम्‌ नगराएको भन्ने अवस्था नहुँदा प्रतिवादीले मुलुकी ऐन, किर्ते कागजको महलको १ नं. विपरीतको कसुर गरेको देखिने । (प्रकरण नं. ४) § प्रतिवादीले पेस गरेको Certificate बाट बिगो खुल्ने अवस्था नदेखिएको र सो Certificate नेपाल सरकारको पूर्ण स्वामित्व भएको संस्था त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयबाट जारी हुने Certificate भएकाले प्रतिवादीलाई उल्लिखित कानूनी ब्यवस्थाबमोजिम किर्ते कागजको महलको ९ नं. बमोजिम रू. ५०। जरिवाना भई सरकारी कर्मचारीको दस्तखत किर्ते गरेकोमा ऐजन महलको १२ नं. बमोजिम थप १ वर्ष कैद हुने । (प्रकरण नं. ५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9263
मुद्दाको विषयसरकारी छाप दस्तखत किर्ते
निर्णय वर्ष / मिति2071/08/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल | माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज
मुद्दा नं.०६७-CR-००७०
उद्धरण सन्दर्भने.का.प. २०७१, नि.नं. 9263
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्