नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9258 · वि.सं. २०७१

नि.नं. 9258 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कार्यकारिणी अधिकार निहित रहेको नेपाल सरकार, मन्त्रिपरिषद्ले शासन प्रशासन चलाउनको लागि आवश्यकतानुसार संविधान तथा प्रचलित कानूनको अधीनमा रही विभिन्न काम कारवाही गर्नुपर्ने हुन्छ । शक्ति पृथकीकरणको सिद्धान्तअनुसार कानून निर्माण गर्ने कार्य विधायिकाको हो । नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८८ अनुसार अध्यादेशबाट कुनै कानूनको संशोधन गर्नु पर्दा पूर्वसर्तको रूपमा व्यवस्थापिका संसदको अधिवेशन वा बैठक चालु नरहेको हुनुपर्ने । (प्रकरण नं. ५) § विवादित अध्यादेशउपर न्यायिक पुनरावलोकन गर्न नेपालको अन्तरिम संविधानले अवलम्बन गरेको कानूनको शासनको सिद्धान्त, संविधानवादको सिद्धान्त र संविधानको न्यायिक परीक्षणसम्बन्धी सिद्धान्तअनुसार प्रथमदृष्टिमा नै दावी लिइएको विवादित अध्यादेश सुनुवाइ हुँदाको दिनसम्म क्रियाशील अवस्थामा रहेको हुनुपर्ने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9258
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2071/04/29
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल | माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय | माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र
मुद्दा नं.०६९-WS-००६९
उद्धरण सन्दर्भने.का.प. २०७१, नि.नं. 9258
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्