नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9256 · वि.सं. २०७१

नि.नं. 9256 — परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रधानन्यायाधीशको भूमिका संविधानबमोजिम अलगअलग निकाय र हैसियतमा भिन्नभिन्न रहेको छ । न्याय परिषद्को अध्यक्षको हैसियतमा न्यायाधीशको नियुक्ति, सरूवा वा बर्खासीको लागि प्रधानन्यायाधीश सिफारिसकर्ताहरूमध्येको एक व्यक्तिका रूपमा प्रस्तुत हुन्छ भने न्याय सेवा आयोगका अध्यक्षको हैसियतमा न्यायाधीश बाहेक न्याय सेवाको अधिकृतको नियुक्ति, सरूवा, बढुवा वा कारवाहीको सम्बन्धमा सिफारिसकर्ताको भूमिका हुन्छ । त्यस्तै सर्वोच्च अदालतको प्रधानन्यायाधीशको रूपमा न्यायकर्ता, अवस्था अनुसार नियुक्तिकर्ता वा न्याय प्रशासनको प्रमुखको भूमिकामा रही कर्तव्य निर्वाह हुने । (प्रकरण नं. १०) § संविधानबमोजिम न्याय परिषद् स्वयम्‌ पदावधि थप गर्ने वा नियुक्ति गर्ने निकाय नभई सोका लागि निश्चित प्रक्रियाबाट गरिएको मूल्याङ्‍कनको आधारमा नियुक्तिको लागि सिफारिस गर्नसम्म सक्नेमा संविधान र कानूनमा नै नभएको व्यवस्थाप्रतिकूल पदावधि थप गर्नु वा स्थायी नियुक्ति गर्नु भनी न्याय परिषद्को नाममा परमादेशको माग गरेको त्यस्तो अपरिपक्व सतही दावीका आधारमा अति सूक्ष्मसंवेदी भई आदेश जारी गर्नु मनासिब हुँदैन । यस्तो निकायलाई ऐनले तोकेको आधार, प्रक्रिया र कुनै मूल्याङ्‍कनबिना सतही आधारमा आफ्नो काम, कर्तव्य गर्नु भनी सतही आधारमा भन्न नमिल्ने । (प्रकरण नं. ११) § गठन भएको पहिलो संसद विघटन भई अर्को संसदको निर्वाचन भइनसकेको बीचको अवधिमा न्यायाधीश नियुक्ति गर्दा संसदीय सुनुवाइ गरिरहन नपर्ने भन्ने अर्थ गर्न मिल्दैन । संविधानको एउटा व्यवस्थाले एउटा उद्देश्य वा पद्दतिलाई निर्माण गर्ने प्रयास गरेको छ भने सो संवैधानिक व्यवस्था उचित प्रक्रियाद्वारा संशोधन वा खारेज नभएसम्म अदालतले व्याख्या गरी सो व्यवस्थालाई निष्क्रिय वा निष्प्रभावी तुल्याउन उचित र संविधानसम्मत हुन नसक्ने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9256
मुद्दाको विषयपरमादेश
निर्णय वर्ष / मिति2071/04/15
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाहद्वारा राय व्यक्त भएकोमा सर्वोच्च अदालतमा रिक्त रहेका स्थायी न्यायाधीशहरू वा आवश्यकता अनुसारका अस्थायी न्यायाधीशहरूको नियुक्तिको आवश्यकता न्याय परिषद्ले महसुस गरेमा सोबमोजिमको जिम्मेवारी र कर्तव्य निर्वाह गर्न सोसम्बन्धी प्रक्रिया सुचारू गरी संविधानको धारा १५५ | माननीय न्यायाधीश श्री गिरीश चन्द्र लालबाट छुट्टै राय व्यक्त भएकाले प्रस्तुत रिट निवेदन सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाहद्वारा व्यक्त राय एवम् | माननीय न्यायाधीश श्री गिरीश चन्द्र लालद्वारा व्यक्त फरक रायमध्ये कुन राय मनासिब छ भन्ने सम्बन्धमा यस इजलासले निर्णय दिनुपर्ने देखिन आयो । | माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाहद्वारा व्यक्त राय मनासिब देखिँदा सदर हुने ठहर्छ । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू ।
मुद्दा नं.२०६९-WF-००१०
उद्धरण सन्दर्भने.का.प. २०७१, नि.नं. 9256
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्