नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9246 · वि.सं. २०७१

नि.नं. 9246 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रतिवादीहरूले आफूले गल्ती गरेको महसुस गरी आफैँ प्रहरीसमक्ष उपस्थित भै न्यायिक कामकारवाहीमा सहयोग गरेको भन्ने आधारमा सुरूले अ.बं.१८८ नं.को प्रयोग गरी प्रतिवादीहरूलाई ऐनबमोजिम सजाय गर्दा चर्को पर्ने भनी जनही १०/१० वर्षमात्र कैद हुने ठहर्‍याएको सुरूको राय समर्थन गरेको पुनरावेदन अदालतको राय सम्बन्धमा विचार गर्दा निर्मम तवरले कुटपीट गरेको, घटनामा हँसियासमेतका हतियार प्रयोग भएको, अमानवीय तवरले रातारात लास जङ्गलमा लगी गाडिएको र घटनापश्चात यी प्रतिवादीहरू लामो समयसम्म फरार रहेको देखिएको । § ज्यान मारी सकेपछि पनि कुनै पछुतो भएको नदेखिई घिसार्दै जङ्गलमा लगी लास गाडी दबाउने प्रयास भएको देखिँदा यसरी अपराध गरेको अवस्थामा प्रतिवादीहरूलाई दया, माया वा नरम दिल गर्नुपर्ने कुनै आधार नदेखिने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9246
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2071/07/17
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय
मुद्दा नं.०६८-CR-११८३
उद्धरण सन्दर्भने.का.प. २०७१, नि.नं. 9246
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्