नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9240 · वि.सं. २०७१
नि.नं. 9240 — लेनदेन
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ लिखतको बीचमा लागेको ऋणीको छाप सम्बन्धमा विशेषज्ञको रायमा केरमेट नभएको ठाउँमा लागेको बीचको छाप अक्षरको मुनि रहेको वा माथि रहेको भन्ने कुरा स्पष्ट र एकिन नगरिएको भए पनि सो छाप लगाई राख्नुपर्ने कुनै प्रयोजन स्पष्ट नभएकाले सो छाप रहे भएको कारणले मात्र उक्त लिखत सद्दे साँचो व्यवहार अनुसार भएको भन्ने कुराको पुष्टि हुन सकेको नदेखिने । (प्रकरण नं. २) § विवादित लिखत सम्बन्धमा समेत लिफामा छाप लगाएको भनी प्रतिवादी वादी भई मिति २०५०।०२।३२ मा करकाप मुद्दा दायर गरी चलिरहेकै अवस्थामा प्रस्तुत मुद्दाको वादीले प्रतिवादीलाई अर्थात् करकाप मुद्दाको वादीलाई मिति २०५६।०६।०६ मा रू.९७,२२,७५५।- जस्तो ठूलो रकम ऋण प्रदान गरेको भन्ने कुरा विश्वासलायक हुन सक्ने नदेखिने । § लेनदेन मुद्दाको फिराद करकाप मुद्दामा पुनरावेदन अदालतबाट मिति २०५७।०२।३२ मा फैसला भएपश्चात मिति २०५९।०५।१८ मा २०५६।६।६ को लिखत भनी दायर भएको देखिएबाट करकाप मुद्दाको परिणाम पर्खेर प्रस्तुत मुद्दा दायर भएकाले फिरादमा उल्लेख भएअनुसार लेनदेन भएको भन्ने कुरा विश्वासलायक नदेखिने । (प्रकरण नं. ३) § प्रतिवादीले ऋण लिएकोमा इन्कार गरेको, लिखत लिफामा तयार भएको भनी विशेषज्ञले स्पष्ट राय दिएकामा प्रतिवादीले कारकाप गरी लिफामा छाप लगाएको भनी लिखत सम्बन्धमा समेत दायर गरेको करकाप मुद्दा कारवाहीयुक्त रहेकै अवस्थामा लेनदेन मुद्दाको वादीले प्रतिवादीलाई ऋण उपलब्ध गराएको भन्ने कुरा विश्वासयोग्य हुन सक्ने अवस्था नहुँदा वादीको दावी पुग्ने अवस्था नभएकाले निस्सा प्रदान गरिएको आधारसँग सहमत हुन नसकिने । (प्रकरण नं. ४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9240 |
|---|---|
| मुद्दाको विषय | लेनदेन |
| निर्णय वर्ष / मिति | 2071/07/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल | माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ |
| मुद्दा नं. | ०६५-CI-०५२६ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७१, नि.नं. 9240 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
