नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9239 · वि.सं. २०७१
नि.नं. 9239 — लेनदेन ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ अर्काको हक मेट्ने, हदम्याद तारिख जाने वा कुनै तरहसँग नोक्सान पार्ने कार्य गरी नगरे नभएको झुट्ठा कुरा गरे भएको हो भनी कागज गराउने कार्यलाई जालसाजीको कसुर मानिएको देखिने । (प्रकरण नं. ३) § लिखतबमोजिमको रकम बुझी सही छापसमेत गरी दिइसकेपछि लिखतका लेखक र साक्षीले आफूहरूको सामुन्नेमा लेनदेन भएको नदेखेको भनी गरेको बयानलाई मात्र आधार मानी वादीबाट प्रतिवादीले रकम नै नलिएको भन्न नमिल्ने । (प्रकरण नं. ८) § आफूहरूको समेत अंश हक रहेको जग्गासँग सम्बन्धित लिखत हुनु नै जालसाजी क्रियाका लागि पर्याप्त आधार हुन नसक्ने । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9239 |
|---|---|
| मुद्दाको विषय | लेनदेन । |
| निर्णय वर्ष / मिति | 2071/03/10 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह | माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज |
| मुद्दा नं. | ०६६-CI-०४७८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७१, नि.नं. 9239 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
