नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9236 · वि.सं. २०७१

नि.नं. 9236 — निषेधाज्ञा/परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ पटकपटक न्यायिक निकायबाट व्यक्तिको पहिचान कायम भै अदालतबाट मान्यता दिई निर्णय भएको विषय र फैसला अन्तिमताको सिद्धान्त (Finality of Justice Theory) लाई प्रभावित पार्नु न्याय र कानूनको सिद्धान्तविपरीत हुन जान्छ । मुद्दा लगाउने बहानामा तथ्ययुक्त प्रमाणको अभावमा कसैको उजुरी परेकै आधारमा छानबिन गर्ने नाउँमा कुनै पनि व्यक्तिलाई पक्राउ गर्ने थुन्ने कार्य गर्दा व्यक्तिगत स्वतन्त्रता हनन् हुन जाने अवस्था हुन्छ । प्रस्तुत सन्दर्भमा समेत यी निवेदकलाई तथ्ययुक्त प्रमाणबिना नै नागरिकताको विषय उठाई पक्राउ गर्न खोज्नु न्यायको मान्य सिद्धान्तविपरीत हुन जाने । (प्रकरण नं. ५) § मुद्दा लगाउने निहुँमा तथ्ययुक्त प्रमाणको अभावमा छानबिन गर्ने नाउँमा कुनै पनि व्यक्तिलाई पक्राउ गर्ने थुन्ने कार्य गर्दा व्यक्तिगत स्वतन्त्रता हनन् हुन जाने अवस्था हुँदा त्यस्तोमा निवेदकको संवैधानिक तथा कानूनी हकमा आघात पर्ने आशङ्‍का भएको अवस्थामा सोविपरीत निवेदकको निवेदन खारेज हुने । (प्रकरण नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9236
मुद्दाको विषयनिषेधाज्ञा/परमादेश
निर्णय वर्ष / मिति2071/04/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल
मुद्दा नं.०६९-CI-०४८४
उद्धरण सन्दर्भने.का.प. २०७१, नि.नं. 9236
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्