नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9228 · वि.सं. २०७१

नि.नं. 9228 — ठगी

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ ठगीको कसुर गरेको भनी प्रमाण स्वरूप जाहेरवालाले पेस गरेको तमसुक कागजले प्रतिवादीउपरको आरोप खण्डन गर्ने अवस्था सिर्जना भएमा न्यायको रोहमा अदालतले प्रमाण सङ्‍कलन र मूल्याङ्कन गर्ने कार्यमा पक्षले सहयोग नगर्ने मात्र नभई अदालतप्रतिको जनआस्थामा समेत गिरावट आउने कुरालाई बिर्सन हुँदैन । यसरी उन्मुक्ति दिँदा पीडितलाई न्याय परेको अनुभूति नहुने । (प्रकरण नं. ४) § ठगीको ३ नं. मा प्रयोग भएको “ठगिने” र “ठगी गर्ने” शब्दले नै ठग्ने कार्य अर्थात ठगीको कसुरको पूर्णतालाई जनाउने हुन्छ । तसर्थ यस व्यवस्थाले ठगी गर्ने व्यक्तिलाई कसुरबाट उन्मुक्ति दिन खोजेको अर्थ लगाइनु मुनासिब हुँदैन । कुनै कार्य अपराध हुने भनी कानूनले परिभाषित गरेको हुन्छ भने त्यसलाई प्रत्यक्ष वा परोक्षरूपमा घुमाउरो अर्थ गरी अवैध विषयलाई वैधमा रूपान्तरण गर्ने प्रयास गर्नुहुँदैन । ठगीको ३ नं. को यस व्यवस्थाले ठगिने व्यक्तिको धनलाई हदम्याद वा अन्य कारणले अन्यायमा पर्न सक्ने सम्भावनालाई रोक्नका लागि सुरक्षित र व्यवस्थित गर्न मात्र खोजिएको भनी अर्थ गर्नु उपयुक्त हुन्छ । ठग्ने उद्देश्यरहित भई विशुद्धरूपमा कागज गरी वा नगरी लेनदेन गरेको विषयमा रकम दिने पक्षले समयमा नदिएमा वा धिङ्न्याई गरेमा निजलाई पक्री भाखा तमसुक गराएको अवस्थामा यो कानूनी व्यवस्था आकर्षित हुन सक्ने । (प्रकरण नं. ५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9228
मुद्दाको विषयठगी
निर्णय वर्ष / मिति2071/03/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ
मुद्दा नं.०६९-CR-०६९५
उद्धरण सन्दर्भने.का.प. २०७१, नि.नं. 9228
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्