नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9222 · वि.सं. २०७१
नि.नं. 9222 — लेनदेन
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ आर्थिक दायित्व सिर्जना हुँदाका बखत निजले उक्त लिखतमा आफ्नो उमेर २० वर्ष उल्लेख गरी लिखतलाई स्वीकार गरेको अवस्थामा ऋण तिनुपर्ने दायित्वबाट उम्कनका लागि पछि आएर नाबालकको जिकिर लिनु मनासिब नदेखिने । (प्रकरण नं.४) § विपक्षी र आफूबीच भएको कारोबारलाई पुनरावेदक प्रतिवादीले इन्कार गरेको देखिन्न । लिखत हुँदाको बखत किर्ते वा करकापले लिखत गरेको भन्ने जिकिर लिएको पनि देखिन्न । बरू लिखतबमोजिमको रकम आफूले बुझाएको भनी प्रतिवाद गरेको देखिँदा यी पुनरावेदक प्रतिवादीले विपक्षी वादीसँग कारोबार नै नगरेको भए रकम बुझाउने प्रश्नै नहुने, रकम बुझाएको कानूनबमोजिमको प्रमाणको अभावमा सो पनि स्वीकार गर्न सक्ने अवस्था नरहने हुन्छ । लिखतमा आफ्नो उमेर आफैँले २० वर्ष भनी उल्लेख गरेको र सो तथ्य अन्यथा प्रमाणित हुन नसकेको अवस्थामा निजले गरेको कारोबार नाबालकले गरेको सरह मानी यी प्रतिवादीलाई आर्थिक दायित्वबाट छुट दिन नमिल्ने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9222 |
|---|---|
| मुद्दाको विषय | लेनदेन |
| निर्णय वर्ष / मिति | 2071/01/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री सुशीला कार्की |
| मुद्दा नं. | ०६८-CI-०२६८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७१, नि.नं. 9222 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
