नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9163 · वि.सं. २०७१

नि.नं. 9163 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुनै पनि मुद्दा चल्दाचल्दैको अवस्थामा तत्काल गरिने अन्तरकालिन प्रकृतिका आदेश फैसलासरहका नभई त्यस बेलाको औचित्यको आधारमा गरिने तत्कालका लागि दिइने अन्तरकालीन आदेश हुने । जसले सबूद प्रमाण संकलन र परीक्षणपछि तिनको मूल्याङ्कनका आधारमा हुने फैसलालाई प्रभाव पार्न नसक्ने । अन्तरकालीन आदेशद्वारा गरिने रोक्काको आदेश विवादमा आएको चल अचल सम्पत्ति आवश्यकता अनुसार प्रतिउत्तर नपरेसम्मका लागि वा मुद्दा किनारा नभएसम्मका लागि यथास्थितिमा राख्‍ने कानूनी संयन्त्र मात्र हो । यस्तो प्रकारको आदेशले अन्तिम फैसलाले बोलेसरह सवारी साधन लिलाम गर्न भनी बोल्न मिल्ने नदेखिने । जफत गरिएको भनिएको सवारी साधनको रूपमा रहेको ट्रयाक्टर मुद्दा चल्दाचल्दैको क्रममा रहेको जिन्सी सामान भएको र त्यस्तो सवारी साधनलाई मुद्दाको अन्तिम किनारा भए जस्तो मुद्दा विचाराधीन भएको अवस्थामा लिलाम गर्ने वा नगर्ने भन्ने कुराको निर्क्‍यौल अन्तरिम आदेशले गर्न कानुनत: मिल्ने हुँदैन । फैसला हुनुअगावै उक्त सवारी साधन लिलाम गरिएमा पछि मुद्दाको अन्तिम फैसला हुँदा जफत नहुने ठहर्‍याएमा सवारी धनीलाई अपूरणीय क्षति पुग्न सक्ने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9163
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2070/10/15
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री तर्कराज भट्ट
मुद्दा नं.२०६९-WO-०४११
उद्धरण सन्दर्भने.का.प. २०७१, नि.नं. 9163
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्