नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9159 · वि.सं. २०७१
नि.नं. 9159 — मोही नामसारी
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ भूमिसम्बन्धी नियमहरू, २०२१ बमोजिम मोहियानी हकको प्रमाणपत्र वितरण गर्न टोली खटाउन सकिने व्यवस्था रहेको र त्यसरी टोली खटाई वितरण गरेको प्रमाणपत्रको एक प्रति अभिलेख सम्बन्धित गाँउ पञ्चायतमा रहने र एक प्रति भूमिसुधार कार्यालयमा पठाउनुपर्ने व्यवस्थासमेत उक्त नियमावलीमा रहेको देखिँदा गाँउ पञ्चायतबाट मोहीको प्रमाणपत्र उपलब्ध हुन नसक्ने वा त्यस्तो प्रमाणपत्रको कानूनी अस्तित्व नै नहुने भन्न नमिल्ने। (प्रकरण नं. ३) § पुनरावेदक प्रतिवादीले धेरैअगाडि नै यी वादीका पति पितालाई मोहीमा स्वीकार गरी सकेको र निज मोहीको मृत्युपश्चात् निजको श्रीमती र छोराहरूबाट साल सालको कुतबाली बुझी भरपाई गरी दिएको, सो बाली बुझेको भरपाईलाई कीर्ते जालसाज भनेकोमा विशेषज्ञको परीक्षण प्रतिवेदनसमेतका आधारमा कीर्ते प्रमाणित नभई सद्दे ठहरी अन्तिम भईरहेको अवस्थामा वादीहरू दावीको जग्गाको मोहियानी हकका सम्बन्धमा अन्यथा विचार गरी रहनु नपर्ने । (प्रकरण नं. ६) § वादीका पितालाई र निजको मृत्युपछि निजको पत्नी र छोराहरूलाई मोहीको रूपमा आफ्नो आचरण र काम व्यवहारबाट स्वीकार गरी बालीसमेत बुझी आएको देखिएकोमा हाल यी वादीहरू र निजका पति पिता विधिवत् मोही होइनन् भनी यी प्रतिवादीहरूले भन्न नमिल्ने । (प्रकरण नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9159 |
|---|---|
| मुद्दाको विषय | मोही नामसारी |
| निर्णय वर्ष / मिति | 2070/09/26 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह |
| मुद्दा नं. | ०६८-CI-०५७८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७१, नि.नं. 9159 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
