नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9157 · वि.सं. २०७१

नि.नं. 9157 — उपयुक्त आदेश जारी गरी पाऊँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ पुनरावेदन अदालतबाट भएको करार ऐन, २०५६ को दफा ८७(१)(२) अन्तर्गतको आदेश अन्तरकालिन आदेश भएको र सोबमोजिम आदेश जारी गर्न अदालतले इन्कार गरेको अवस्थामा सो आदेशउपर पुनरावेदन लाग्ने व्यवस्था उक्त करार ऐन, २०५६ मा भएको पाइँदैन । अन्तरकालिन आदेशउपर पुनरावेदन लाग्ने सिद्धान्त र प्रचलन पनि छैन । त्यस्तो अन्तरकालिन आदेशउपर पुनरावेदन सुन्ने अदालतमा मुलुकी ऐन, अ.बं. १७ नं. को निवेदनसम्म दिन पाउनेमा पुनरावेदन अदालतले पुनरावेदन गर्नु भनी सुनाएको आधारमा मात्र पुनरावेदनको अधिकार सिर्जना हुँदैन । पुनरावेदन लाग्ने वा नलाग्ने भन्ने सम्बन्धित कानूनमा नै व्यवस्था हुनुपर्दछ । पुनरावेदन अदालतले पुनरावेदन दिन जानु भनी सुनाए पनि ऐनले नलाग्ने पुनरावेदन लिन र सुन्न पनि मिल्ने हुँदैन । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9157
मुद्दाको विषयउपयुक्त आदेश जारी गरी पाऊँ
निर्णय वर्ष / मिति2071/01/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह | माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल
मुद्दा नं.२०६७-CI-१५९१
उद्धरण सन्दर्भने.का.प. २०७१, नि.नं. 9157
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्