नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9142 · वि.सं. २०७१

नि.नं. 9142 — उत्प्रेषण/प्रतिषेध

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ विज्ञापन गरी पदपूर्ति भई शिक्षा ऐन, २०२८ को दफा ११च को उपदफा (१)(ख) को प्रतिबन्धात्मक वाक्यांशले गरेको व्यवस्थाबमोजिमको कार्य सम्पन्न भइसकेको हुँदा यसरी एक पटकमात्र प्रयोग हुन सक्ने गरी ऐनले गरेको व्यवस्था नै कार्यान्वयन भई उक्त व्यवस्था निस्प्रयोजन भइसकेको अवस्थामा त्यस्तो निस्प्रयोजित कानूनी व्यवस्था बदरको माग गर्नु औचित्यपूर्ण नदेखिने । (प्रकरण नं. ४) § शिक्षा ऐन, २०५९ दफा ११च को उपदफा १(क) र उपदफा १(ख) को व्यवस्था लागू हुँदाका अवस्थादेखि सेवारत् अस्थायी शिक्षकहरू र २०५२ तथा २०६१/०६२ सालको विज्ञापनबमोजिम शिक्षक पूर्ति गर्दा शिक्षक पदबाट हटेका व्यक्तिहरूलाई निजहरूले संस्थालाई गरेको सेवा तथा संस्थाको आवश्यकतासमेतलाई विचार गरी माग भएको विज्ञापनमा निजहरूको योग्यताका आधारमा एक पटक उम्मेद्‌वार हुन कुनै मौका नै प्रदान गरिनुहुँदैन भन्ने कुनै तार्किक आधार हुन नसक्ने । § पहिला गरेको सेवालाई कदर गर्दै प्रतिस्पर्धात्मक परीक्षामा सामेल हुन एक पटक मौका दिएको तर प्रतिस्पर्धात्मक परीक्षामा उत्तीर्ण हुनैपर्ने हुनाले उमेरको अनुचित लाभ लिएको भन्न नमिल्ने । § उम्मेद्‌वार हुन एक पटक प्रदान गरिएको त्यस्तो मौका कुनै व्यक्ति वा वर्ग विशेषको पक्षमा गरिएको नदेखिएको अवस्थामा उक्त व्यवस्थाको औचित्य र वैधतालाई अस्वीकार गर्नुपर्ने अवस्था नहुने । (प्रकरण नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9142
मुद्दाको विषयउत्प्रेषण/प्रतिषेध
निर्णय वर्ष / मिति2070/03/13
अदालत / इजलासविशेष इजलास
मुद्दा नं.०६८-WS-००५५
उद्धरण सन्दर्भने.का.प. २०७१, नि.नं. 9142
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्