नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9138 · वि.सं. २०७१
नि.नं. 9138 — कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग
सिद्धान्त / नजिर सार (Headnote Summary)
मृतकको मृत्यु अमुक कसैको चोटबाट भएको भन्न सकिने अवस्था नभए पनि कुनै खास व्यक्ति वा चोटकै कारणले नै मरेको देखाउन पर्छ भन्न पनि मौजुदा अवस्थामा सम्भव नहुने । एकभन्दा बढी व्यक्तिको र एकभन्दा धेरै कारणले मारिने अवस्था रहने । वारदातको अवस्थासम्म पुर्याउने कुरामा प्रतिवादीहरूको सहभागिता देखिएको र सोलगायतका कारणले वारदात घट्न गएको हुँदा निजहरूलाई दायित्वविहीन मान्न नसकिने । अन्यथा कसूरको कार्य गर्नलाई भीडको संलग्नता निम्त्याउने र त्यसैको आडमा अपराधिक दायित्वविहीन हुने कुराको तर्जुमा गर्ने अवस्था आउँछ । त्यसो गर्नु भनेको प्रकारान्तरमा दण्डहीनता सिर्जना गर्ने हुने । (प्रकरण नं.३) सुरूदेखिको सबै श्रृङ्खलामा प्रतिवादीहरूको सरोकार र संलग्नता भएपछि अन्तिम अवस्थाको भीडकोसमेत संलग्नताले प्रतिवादीहरूले आफ्नो असंलग्नता र निर्दोषिताको जिकीर लिन सक्ने अवस्था रहेन । (प्रकरण नं.४) पुनरावेदक/प्रतिवादीका तर्फबाट M विद्वान वरिष्ठ अधिवक्ताद्वय प्रा.डा.रजितभक्त प्रधानाङ्ग र शेखरकुमार जोशी, विद्वान अधिवक्तात्रय कुमुदकुमार भट्टराई, निर्मला शाक्य र कृष्णप्रसाद पाण्डे पुनरावेदक/वादीका तर्फबाट M विद्वान उपन्यायाधिवक्ता वालकृष्ण वाग्ले
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9138 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग |
| निर्णय वर्ष / मिति | 2071/02/26 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७१, नि.नं. 9138 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
