नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9134 · वि.सं. २०७१
नि.नं. 9134 — कुटपीटबाट गर्भपतन
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ जाहेरवाला र स्वंयम् पीडितले वारदातका विषयमा नै विरोधाभाष कुरा उल्लेख गर्नु र पीडितको शारीरिक परीक्षणसमेतबाट कुटपीट गरेको कुनै चिन्ह नपाइनुबाट वारदात नै स्थापित हुन सक्ने अवस्था छैन । वारदात स्थापित हुने त्यस्तो विश्वासप्रद प्रमाणसमेत वादी पक्षबाट गुजार्न सकेको पाइदैन । वारदात नै स्थापित हुन नआएको अवस्थामा जाहेरवाला तथा पीडित भनिएकी मिनाकुमारीले शंकास्पद किसिमले व्यक्त गरेका कुरालाई अदालतले प्रमाणको रूपमा ग्रहण गर्न नमिल्ने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9134 |
|---|---|
| मुद्दाको विषय | कुटपीटबाट गर्भपतन |
| निर्णय वर्ष / मिति | 2070/03/09 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री तर्कराज भट्ट |
| मुद्दा नं. | ०६७-CR-०४६२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७१, नि.नं. 9134 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
