नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9094 · वि.सं. २०७०
नि.नं. 9094 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
प्रतिवादीलाई कुटपीट गरिरहेकोमा मृतकलाई सम्झाउँन खोज्दा मृतकले नै प्रतिवादीलाई कुटपीट गरी सिंगल सिंगल खेल्ने हो भनी च्यालेञ्ज गरेको हुँदा रिस थाम्न नसकी सोही वारदातस्थलमै भएको लाठाले हानेको र सोही चोटले मृतकको मृत्यु भएको तथ्य मिसिल प्रमाणबाट पुष्टि भएकोले प्रस्तुत वारदात मनसायप्रेरित नदेखिई आवेशप्रेरित हत्या देखिने । (प्रकरण नं.३) प्रहरीमा कागज गर्ने व्यक्तिले मृतकलाई करूवाले हानेको भनी अनुसन्धानमा कागज गर्दा लेखाएकोमा अदालतमा निज अनुपस्थित रही वकपत्र नगरेबाट मौकामा भएको कागजलाई प्रमाणमा ग्रहण गर्न नमिल्ने । (प्रकरण नं.४) मृतकलाई लाठाले हानेको भनी स्वयं प्रतिवादीले अदालतको बयानसमेतमा स्वीकारी रहेको कुरामा ज्यानसम्बन्धी महलको १७(३) नं. आकर्षित नहुने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9094 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2070/08/10 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल | माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की |
| मुद्दा नं. | २०६७-CR-०४३० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७०, नि.नं. 9094 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
